• रातोकलम अनलाइन।
    क्वालालम्पुर,मङ्सिर-१५

    मलेसियामा केही दिन अगाडी मात्रै चौबीस घन्टा भित्रमा तीन जना नेपाली कामदारहरुको मृत्यु भएको खबर सेलाउन नपाउदै पुनः एक नेपाली कामदारको असामयिक निधन भएको छ ।

    मलेसियाको सेलाङ्गर,बान्तिङमा अवस्थित एफ – १८ टप-ग्लोबमा प्याकिङ डिपार्टमेन्टमा सुपरभाइजर पदमा बिगत ८ बर्ष देखी कार्यरत धरान निवासी,अन्दाजी बत्तीस बर्षिय सुन्दर श्रेष्ठको आईतवार बिहान ड्युटी जाने समयमा मृत्यु भएको सोही कम्पनीमा कार्यरत अजित थापाले जानकारी दीए।

    उनका अनुसार मृतक सुन्दर बिहान उठेर काममा जानको लागी तयारी अवस्थामा रहेका थिए।तर एक्कासि अचानक छाती दुख्यो भनेर ओछ्यानमा ढलेका सुन्दरलाई उपचारको लागी अस्पताल लाने क्रममा बिच बाटोमै मृत्यु भएको थियो।

    कम्पनी श्रोतका अनुसार अहिले मृतकको शव पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा राखिएको छ।केही समययता मलेसियामा विभिन्न कारणले नेपाली श्रमिकहरुको मृत्यु हुने संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ , यद्यपि मलेसियामा नेपाली कामदारको स्वास्थ्य अवस्थाको बिषय बारे नेपाली राजदुतावास र सम्बन्धित निकाय,सरोकारवालाहरु ले केही विशेष कदम चाल्न सकिरहेका छैनन।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…