काठमाडौँ । केही समयअघिसम्म तराई–मधेशलाई नेपालबाट अलग गर्नुपर्ने अभियानमा लागेका राउत मूलधारको राजनीतिलाई स्वीकार गर्दै यसपटक चुनावी मैदानमा उत्रिएका थिए । यो निर्वाचनको उनले उठाएका मुद्दालाई कति जनसमर्थन प्राप्त छ भन्ने परीक्षणका रुपमा हेरिएको थियो ।
उपनिर्वाचनमा प्रदेश २ मा पुराना दलबाहेक आकर्षणको केन्द्रमा थियो, सिके राउत नेतृत्वको जनमत पार्टी (जपा) ।
जनमत पार्टी गठन गरी ‘लाउडस्पीकर’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका राउतले ९ जना उम्मेदवारहरुलाई चुनावी मैदानमा उतारेको थिए । तर, कुनै पनि उम्मेदवारहरुले सन्तोषजनक मत ल्याउन सकेनन् । कोही उम्मेदवार त झन् शुन्य मतमा सिमित बनेका छन् ।