• धन्यबाद ज्ञापन ।
    धरान उपमहानगरको प्रमुख पदका लागि २०७६ मंसिर १४ गते सम्पन्न उप निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट म प्रकास राई नगर प्रमुख पदको प्रतिष्पर्धामा थिंए अन्तिम परिणामले हामी (नेकपा) लाई उप विजेता बनाएको छ ।

    धरानवासी जनताको यो अभिमतलाई हामी सम्मान व्यक्त गर्दछौं र नगर प्रमुख पदमा विजयी मेरा प्रतिष्पर्धी नेपाली कांग्रेसका तिलक राई र धरान वडा नम्बर ७ को अध्यक्षमा विजयी नेकपाका जीवन सुवेदीलाई हार्दिक बधाई ज्ञापन गर्दछु । उप विजेता हुनुहुने सम्पूर्ण प्रतिष्पर्धीहरुप्रति सहानुभूति जाहेर गर्दछु ।

    उपमहानगरका २८ स्थान र ९९ वटा केन्द्रमा निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा मतदान गरि आफ्नो अधिकार प्रयोग गर्नु भएकोमा २० वटै वडाका मतदाताहरुलाई हृदयदेखि आभार व्यक्त गर्दछु ।

    शान्त र सौहार्द वातावरणमा सम्पन्न यो महान अभियानमा अहोरात्र मेहनत गर्नुहुने निर्वाचन आयोग, निर्वाचनमा सहभागी कर्मचारीहरु र सुरक्षाकर्मीलाई विशेष धन्यबाद दिन चाहान्छु । निरन्तर साथ र सहयोगका लागि संचारकर्मी तथा संचारगृहहरुलाई धन्यवाद दिन चाहान्छुं । मलाई जिताउन अहोरात्र खट्नुहुने नेकपाका नेता, कार्यकर्ता तथा सम्पूर्ण शुभचिन्तकहरुप्रति हृदयदेखि आभार व्यक्त गर्दछु ।

    निर्वाचनमा सहभागी सबै राजनीतिकदलहरु र निर्वाचन सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा भूमिका निर्वाह गर्नुहुने सम्पूर्णमा कृतज्ञता व्यक्त गर्दछु । नगर प्रमुख नभएपनि धरानको समृद्धि र विकासको अभियानमा मेरो साथ र सहयोग सधै रहिरहने प्रतिवद्धता व्यक्त गर्दछु । हार्दिक अभिवादन सहित



    ........................
    प्रकाश राई
    नगर प्रमुखको उमेद्वार
    नेपाल कम्युनिष्ट पाटी (नेकपा) धरान उप महानगरपालिका

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…