• यो मेरो जित धरान नगरवासीहरुको अपेक्षा हो । नगरवासीहरुले धरानलाईलाई फरक ढंगले अगाडि बढाउन खोजेका छन् । नगरवासीहरुमा विकास र समृद्धिको जुन आशा र अपेक्षा छ, त्यसलाई अगाडि बढाउन उनीहरुले चाहेका छन् । त्यसैले यसलाई म नगरवासीहरुको जित हो भन्छु ।

    मैले भनेको छु, यो जनताको जित हो । यो कसैले हारेको र कसैले जितेको भन्दा पनि जनताको जित हो । मलाई जनताले जिताएका हुन् । जनतामा एक किसिमको परिवर्तनको सोच थियो । यसैलाई अगाडि बढाउन नगरवासीहरुले अनुमोदन गरेका हुन् भन्ने परिप्रेक्षमा मैले यसलाई लिएको छु ।

    म वामपन्थी त भन्दिनँ, तर अहिलेसम्म जो जनप्रतिनिधि हुनुहुन्थ्यो,उहाँहरुले जनताको अपेक्षा अनुसार काम गर्नुभएन। काम गर्न सक्नुभएन। चुनावी नारा मात्रै भयो । जनताको भावनाको कदर भएन। प्रतिपक्ष वा सर्वसाधारणसँग सहकार्य गरिएन। त्यही भएर जनताले उहाँहरुको विपक्षमा मत हाले ।

    अब स्थानीय तहमा सत्तापक्ष–प्रतिपक्ष भन्ने हुँदैन । संघमा पो सत्तापक्ष, तिपक्ष भन्ने हुन्छ, प्रदेश सरकारमा पनि सत्तापक्ष–प्रतिपक्ष हुन्छ । स्थानीय तहमा त जित्नेजति सबै सत्तापक्ष हो । अब यहाँ कोही पनि एमाले, माओवादी, कांग्रेस भन्ने हुँदैन । चुनावसम्म मात्रै हो, स्थानीय तहमा सत्तापक्ष–प्रतिपक्ष भन्ने नै हुँदैन । त्यसैले सबैको भ्वाइसलाई लिएर अगाडि बढ्ने हो ।

    स्वाभाविक रुपमा धरानका जनताका धेरै अपेक्षाहरु छन् । उपमहानगरपालिकाभित्र थुप्रै योजनाहरु अलपत्र छन् । यी योजनाहरुलाई अगाडि बढाउनुपर्ने एउटा चुनौती छ । जनताको अपेक्षा र भरोसालाई अगाडि बढाउनुपर्ने चुनौती छ । यी चुनौतीहरुलाई समाधान गर्नका लागि म सबैसँग हातेमालो गरेर अगाडि बढ्नेछु । उपमहानगरपालिकामा मैले के काम गर्ने भन्ने प्रष्ट छ, म ती कामहरु गर्छु ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…