काठमाडौँ । नेपाल आयल निगमले इन्धनको खुद्रा मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । भारतिय आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचि अनुसार इन्धनको मुल्य बढेको जनाउँदै निगमले यहाँपनि मूल्य बढाएको हो ।
‘नयाँ खरिद मूल्यमा केही बढेकाले सोमबार राती १२ बजेदेखि नै लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साविक बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएका छौं,’ निगमका प्रवक्ता विरेन्द्र गोइतले भने। नयाँ मूल्य सूचि अनुसार उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य १ सय ९ रुपैयाँ, डिजेल र मटितेलको ९७ रुपैयाँ तोकिएको छ।