• काठमाडौं । मुलुकको मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित जल तथा मौसम विज्ञान विभागले सुर्खेतमा स्थापना गरेको मौसमी राडारको आज (मंगलबार) उद्घाटन गरिएको छ।

    मौसम विभागकी प्रवक्ता अर्चना श्रेष्ठका अनुसार नेपालमा पहिलोटक प्रयोगमा ल्याइएको राडार मौसमको पूर्व सूचना दिने अहिलेसम्मै आधुनिक प्रविधि हो।

    सुर्खेतको रातानाङ्लामा स्थापना गरिएको राडारको ऊर्जामन्त्री वर्षमान पुनले आज बिहान आयोजित समारोहका बीच उद्घाटन गरेका हुन्।

    मन्त्री पुनका स्वकीय सचिव सन्तोष पुनले जल तथा मौसम विज्ञान विभागले सुर्खेतमा स्थापना गरेको मौसमी राडार उद्वाटनको तस्बिर सेयर गर्दै भनेका छन्, ‘नेपालमा पहिलोटक प्रयोगमा ल्याइएको यो राडार मौसमको पूर्व सूचना दिने अहिलेसम्मै आधुनिक प्रविधि हो।’

    राडारबाट मौसमसम्बन्धी समयमै सही सूचना सहज रुपमा प्राप्त हुने र यसले मुलुकको उड्डयन क्षेत्रलाई सुरक्षित तथा प्राकृतिक प्रकोप- बाढी, पहिरो आदि घटना न्यूनीकरण गर्न सहयोग पुग्ने उनको भनाइ छ।

    मंगलबार बिहान नेपालखबरसँग कुरा गर्र्दै प्रवक्ता श्रेष्ठले भनिन्, ‘यसले पानी पर्छ कि पर्दैन पर्‍यो भने कति ठूलो पर्छ, असिना पर्छ कि पर्दैन, हुरीबतास, चक्रवात् आउँछ कि आउँदैन भन्ने कुराको पहिल्यै जानकारी दिन्छ।’

    उनका अनुुसार हाल अनुमानित मौसमी विश्लेषण हुँदै आएकामा राडारबाट वास्तविक सूचना पाउन सकिनेछ।

    ‘तर यो नेपालमा पहिलोपटक भित्र्याइएको प्रविधि हो,’ प्रवक्ता श्रेष्ठले भनिन्, ‘त्यसैले यसलाई पूर्ण प्रयोगमा ल्याउने अझै थुप्रै अनुसन्धान र अभ्यास आवश्यक छ।’

    विभागकी प्रवक्ता श्रेष्ठका अनुसार राडारले आकासमा वायुमण्डल वरिपरि घुमेर तस्बिर खिच्छ। पहाडको उच्च भेगमा राखिने राडारले नेपालको वायुमण्डलको सबै भूभागमा वास्तविक समयमा तस्बिर खिचेर पठाउँछ। त्यस आधारमा वायुमण्डलमा कस्तो खालको बादल छ? पानी, असिना, हिमपात पार्ने बादल हो कि होइन, कति परेको छ र कति समयदेखि त्यो बादल छ, भनेर थाहा पाउन सकिन्छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…