• उपनिर्बाचनमा प्रदेश १ मा कहाँ कस्ले जिते ?
    प्रदेश १ का बिभिन्न जिल्लामा भएका उपनिर्बाचनको अन्तिम मतपरिणाम सार्बजनिक भएको छ ।
    सुनसरीको धरान उपमहानगरपालिकामा नेपाली काँग्रेसका तिलक राई मेयरमा निर्बाचित भएका छन । राईले २६ हजार ७ सय ९ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिद्वन्दी नेकपाका प्रकाश राईको २३ हजार ९ सय १४ मत ल्याएका छन् । धरान वडा नम्बर ७ को वडाध्यक्षमा भने नेकपाका जीवन सुवेदी एक मतको अन्तरले विजयी भएका छन ।

    नेकपा उम्मेदवार सुवेदीले ६ सय २२ मत ल्याएर वडाध्यक्षमा जित्दा नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६ सय २१ मत प्राप्त गरेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपाका वीरबहादुर कुरुम्वाङ,संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा नेकपाकै तेजबहादुर पोख्रेल निर्बाचित भएका छन ।

    मोरङको धनपालथान गाउँपालिकाको वडा नम्बर २ मा भएको उप चुनावमा नेपाली कांग्रेसका नारायणप्रसाद साह निर्वाचित भएका छन् । नेकपाका पंकज मण्डललाई पराजीत गर्दै साह बिजयी भएका हुन् । नेकपाका पंकज मण्डलले १४९७ मत प्राप्त गरे भने बिजयी नेपाली कांग्रेसका नारायणप्रसाद साहले १७०१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    पाँचथरको फिदिम नगरपालिका–१ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार गजाधर भट्टराई निर्वाचित भएका छन् । कुल १४४६ मत प्राप्त गर्दै उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार सुवराज थापाले ९७२ मत प्राप्त गरे ।

    जल्लाको हिलिहाङ गाउँपालिका वडा नं. ७ मा भने नेपाली कांग्रेसका तिलबिक्रम इधिङ्गो निर्वाचित भएका छन् । उनले नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार गेहनाथ रिजाललाई पराजित गरेका हुन् । संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तेजबहादुर पोख्रेल विजयी भएका छन् । उनले ३ हजार ०१८ मत ल्याएर विजयी भएका छन् । नेकपाका पोख्रेलले ८०२ मतको अन्तरले विजयी भएका हुन् ।

    उता खोटाङकी शिवकला राई खोटाङकै पहिलो महिला वडाध्यक्ष बनेकी छन् । शनिबार सम्पन्न भएको उपनिर्वाचनबाट साकेला गाउँपालिका ३ खिदिमाको वडाध्यक्षमा निर्वाचित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की शिवकला पहिलो महिला वडाध्यक्ष बनेकी हुन् । नेकपाकी राईले नेपाली कांग्रेसका उम्मेदवार शुक्र तामाङलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएकी हुन् । कुल खसेको ७ सय ९८ मतमध्ये राईले ३९१ मत प्राप्त गरिन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तामाङले ३ सय ७४ मत प्राप्त गरे ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…