काठमाडौं : १३औं दक्षिण एशियाली खेलकूद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल अहिले श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ । कीर्तिपुर मैदानमा जारी खेलमा नेपालले श्रीलंकालाई जितका लागि १७३ रनको लक्ष्य दिएको छ ।
श्रीलंकाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाएको छ ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी शानदार व्याटिङ गरेपछि नेपालले राम्रो स्कोर बनाएको हो ऐरीले ४४ बलमा ४ चौका र ३ छक्कासहित ७२रन बनाएर अविजित रहे । ओपनिङमा आएका पारस खड्का ५ बल खेल्दा १ रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्लले २० बलमा २१ रन बनाए। विनोद भण्डारीले २१, आरिफ शेखले १९, पवन सर्राफले पनि १३ बलमा २२ रन बनाएर । महत्वपूर्ण योगदान गरे।
श्रीलंकाका लागि किमिन्दु मेन्डिसले नेपालको २ विकेट लिए ।