• देबु बानियाँ
    बाहुण्डाँगी । नेपाल जेसीजको ४६ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनका लागि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने हुनु भएका छन् ।
    रत्ननगर जेसीजको आयोजनामा आगामी पुष ९ गतेदेखि हुने जेसीजको राष्ट्रिय महाधिवेशनका लागि पूर्व प्रधानमन्त्री समेत रहेका ‘प्रचण्ड’ आउने कार्यक्रम निश्चित भएको महाधिवेशन महासचिव निरज श्रेष्ठले बताउनु भयो ।
    प्रचण्डले नेपाल जेसीजको महाधिवेशनको उद्घाटन समारोहमा सहभागि यो दोस्रो पटक हुने छ । यस अघि ४४ औँ राष्ट्रिय महाधिवेशन सिदार्थमा समेत प्रचण्डले उद्घाटन गरेका थिए । आफ्नो गृह जिल्ला समेत रहेको चितवनमा हुने महाधिवेशनको उद्घाटन समारोह प्रचण्डका लागि विशेष अर्थ राख्ने छ ।
    यसैगरी, महाधिवेशनमा चितवन जिल्लाका माननीय, स्थानीय निकायका प्रमुखहरुको समेत सहभागि रहने छ ।
    महाधिवेशनको तयारीका लागि आतिथ्यता शाखा रत्ननगरले आफ्नो तयारीलाई तीब्र गतिमा अघि बढाएको आतिथ्यता शाखा रत्ननगरका अध्यक्ष सुभाष पोखरेलले बताउनु भयो । महाधिवेशनमा देशभरका १५० वटा शाखाका करिब २ हजार जेसीजकर्मीहरु चितवनमा भेला हुनेछन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…