• काठमाडौं । झापाका राम लिम्बू , दी भ्वाईसमा रुचाइएको उत्कृष्ठ प्रतिस्पर्धी मध्येका एक हुन् । अहिले सम्मको प्रस्तुति खोट लगाउने ठाउँ देख्दैनन, उनका फ्यानहरु । जब उनी स्टेज चढ्छन्, गाउँन सुरु गर्छन् । माहौल एकाएक तात्छ, आगा नै बाल्छन्, दर्शकहरु ताली र हुटिङले साथ दिदैं रमाउछन् । गोरखालीको छोरो हु म, सुन साईली लगायतका गीतले उनी झापाली मात्र हैन आम दर्शकको रोजाईमा परे ।
    भनिन्छ, जिन्दगी संघर्ष हो, यो संघर्षको मैदानमा आउन रामले निक्कै दुख झेलेका छन् । कहिले फर्निचरमा मिस्त्री काम गरे त कहिले ठेलामा मम बेचे । तर छोडेनन् आफु भित्र रहेको साँगीतिक मायामोहलाई । बरु ठेला बेचे, घरमा गाली खाए, दाईको गायनमा भबिस्य देखेर भाई लक्ष्मणले पनि रामलाई फर्निचर काम गर्न दिएनन् ।
    बरु म गर्छु काम त गीत गाँ राम भनेपछि उनमा अझै जोश बढ्यो । तर काहाँ हुँदो सोचे जस्तै सबै । प्रतिभा भएर के गर्ने आखिर पोईसा नै चाँहिदो रहेछ ।

    https://www.youtube.com/watch?v=W6lcikiUtss&t=133s

    विदेशीने सोच बनाएका राम दी भ्वाईसमा छनौट नभएको भए आज कुनै पराया मुलुक काम गर्दै सायद आफुभित्र रहेको प्रतिभा मारिरहेका हुन्थे । आज राम राम राम भन्न काहाँ नै पाईथियो होला । धन्यवाद दिनै पर्छ आयोजकलाई जस्ले राम जस्तै मेचु धिमाल, बलबहादुर राजंबशीहरुलाई यो प्लेट फम दियो । चिनायो । आयोजकले अब जर्जको जिम्मा जनतालाई दिएका छन्, साँच्चै राम ईतिहास रच्दैछन् । रामकी आमा भन्छिन्, छोरोले त आमालाई जिन्दगीकै खुशी दियो, हिजो गाली गरेको दिन सम्झिदा रुन मन लाग्छ ।


    छरछिमेक रामको काम देखेर खुशी छन् । आमाबुवालाई बधाईको ओईरो छ । कोठा भित्र गाईरहने राम कसरी त्यहा पुगो, सबै अचम्ममा छन् ।
    राम भन्छन्, म यहाँ पुग्नुमा मेरो भाईको हात छ, किनकी राम लक्ष्मण बिना अघि बढ्न अधुरो छ । भाईले मेरो प्रतिभा चिन्यो , आफ्नो कामको कमाई पनि सहयोग गर्यो । अब म गीत संगीतमै लागेर घर परिवार पाल्छु,रामले भने‘आफ्नो ठाउँको नाम राख्छु । संगीत मेरो जिन्दगी हो । यहाँसम्म ल्याईपुर्याउन सहयोग गर्ने सबैमा रामले धन्यवाद दिदैं भने, प्लिज अब अन्तिम पल्ट भोट गरिदिनुहोला ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…