• धरान - निर्वाचनका समय जनताको घरदैलो जांदा कर वृद्धिको विषयमा जनताको व्यापक गुनासो र असन्तुष्टि आएको जनाउदै जनताको अभिमत तथा सुझावको उच्च सम्मान गर्दै धरान उप महानगरपालिकाबाट आर्थिक वर्ष २०७६÷०७७ कालागि लागु गरिएका करका दर पुनरावलोकन गरी तत्काल करका दरहरु घटाउन संयोजक रमेश बस्नेतद्धारा हस्ताक्षरित जारी विज्ञप्तीमा जनाएको छ ।

    धरान उप महानगरपालिकाले लगाएको करको दर पुनरावलोकन गरी घटाउन नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले धरान उपमहानगर संसदीय दललाई निर्देशन दिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

    मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान उपमहानगर निर्वाचन परिचालन कमिटी सचिवालय बैठक पछि प्रेस विज्ञप्ती जारी गर्दै कर पुनरावलोकन गरी कर घटाउन भनेको छ, यद्दपि यस बिषयमा चुनाव अगाडि यो निर्णय हुनु पर्नेमा अहिले पराजित भए पछि यो निर्णय हुनु अबैज्ञानिक निर्णय हो भन्दै केहि नेता कार्यकर्ताहरुले असन्तुष्टि जनाएका छन ।

    मुलत: यो निर्णय निर्वाचनमा नेकपा पराजित भएपनि जनताको असन्तुष्टिलाई सम्बोधन गर्ने काममा नेकपाले अग्रसरता देखाएको अनुमान गर्न सकिन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…