काठमाडाैं, १८ मंसिर । मौसम पूर्वानुमान महाशाखाका अनुसार चिसो अझै बढ्ने छ । काठमाण्डौँ उपत्यकाको न्युनतम तापक्रम ६ डिग्रि सेल्सियस रहेको छ ।
आज विहान पश्चिम तराईका जिल्लाका थोरै स्थानहरुमा बाक्लो कुहिरो लागेको छ । तर मध्यान्नपछि विस्तारै कुहिरो हट्ने महाशाखाले जनाएको छ ।
मध्य तराइमा विहानी पख पातलो कुहिरो लागेको छ । पूर्वी तराईमा भने आज विहानैदेखि बाक्लो कुहिरो लागेको छ । दिउँसो भने देशभरीको मौसम सफा रहने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।