काठमाडौं- धरान उपमहानगरपालिकामा स्थानीय सरकारले बढाएको करका कारण नेपाल कम्युनिस्ट पार्टी पराजित भएको नेकपाको निर्वाचन परिचालन कमिटिले निष्कर्ष निकालेकोे छ।
शनिबार भएको उपनिर्वाचनमा सत्तारुढ दलका उम्मेदवारलाई पराजित गर्दै कांग्रेस उम्मेदवार तिलक राई विजयी भएका थिए।
‘विभिन्न तहबाट लागु गरिएका करहरुप्रति जनताको व्यापक गुनासोहरु असन्तुष्टि पाइएको’ निर्वाचन परिचालन कमिटिले विज्ञप्ती मार्फत जनाएको छ।
धरान उपमहानगरपालिकाबाट लागु गरिएका करका दरहरु घटाउन धरान उपमहानगरपालिका संसदीय दललाई निर्देशन समेत दिइएको छ।