काठमाडौं । उपनिर्वाचन सकिएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस राजनीतिक परिस्थितिको समीक्षा गर्न तयार भएको छ । कांग्रेसले उपनिर्वाचनको परिणामबारे छलफल र समसामयिक राजनीतिको समीक्षा गर्न केन्द्रीय समिति बैठक बोलाएको छ ।
यही मंसिर २६ गते बिहीबार दिउँसो १ बजे वीपीनगर सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्य सहभागी हुनेछन् ।
यो बैठकमा अन्योलग्रस्त अवस्थामा रहेका भ्रातृ संस्थाको भविष्यका बिषयमा पनि छलफल बुझिएको छ ।