• काठमाडौं । चर्चित रियालिटी सो दी भ्वाईस अफ नेपालको फाईनल स्पर्धा शनिवार हुँदैछ ।
    फाइनलमा चारै जना निर्णायकहरु दीप श्रेष्ठ, आस्था राउत,राजु लामा र प्रमोद खरेलका टिमबाट एक÷एक प्रतियोगीहरु प्रवेश गर्न सफल भएका छन् ।
    यी चारजनामध्येबाट नै दी भ्वाइस अफ नेपाल’को टाइटल जित्नेछन् । यहि प्रतिस्पर्धाबाट यतिबेला चर्चाको शिखरमा छन्, आरिफ रउफ ।
    काठमाडौं बानेश्वरका आरिफ मिजासिलो अनि सहयोगी भावनाका छन् ।
    द भ्वाईस अफ नेपालको सिजन १ मा सफल हुन नसकेपनि हरेश खाएनन्, आरिफले । बरु अझ मेहेनत गरेर खारिए सँगीत साधानामा ।


    यतिवेला बानेवर बिजुली बजारका आरिफ राउफको चर्चा चुलिएको छ । घर परिवार खुशी छन् । भोटीङ लागि परिवारलाई खासै चिन्ता छैन् , कारण उनको फ्यानहरुले उल्टै परिवारलाई सल्लाह दिदैं भोटिङ अभियान तिब्र पारेका छन् । आरिफ पनि भोटिङको अपील गरिरहेका छन् ।
    साँगीतिक दुनियाँमा आउन धेरै संघर्ष गरेका उनी कुनैबेला रेष्टुरेण्ड र बारमा गीत गाउँने समेत काम गर्थे ।
    असफता नै सफलताको प्रतिक हो भनेर अघि बढेका आरिफ सानैदेखी गीत गाउँने गरेको बताउछन् । २९ बर्षीय आरिफ कसैको मन नदुखाउने र नरिसाउने स्भावको रहेको आमा बरिदा राउफ बताउछिन् ।
    स्कुल कलेजमा गीत गाएर थुप्रै पुरस्कार जितेका आरिफले साँगीतिक क्षेत्रलाई करियर बनाउन चाहान्छन् । जसको लागि सहज होस भनेर आफ्नै बिगनेस पनि छ ।

    https://www.youtube.com/watch?v=fxr0Z9602go

    नर्सरी  पढ्दा देखी नै गीत गाउन रुचाउने आरिफ साउथ प्वाईट बोर्डिङ स्कुल बुद्धनगरमा एसएलसी सम्म पढेर बिभिन्न कलेज पढ्दै मास्टर्श सकेका छन् । मुस्लिमहरु गाउँनुहुँदैन नाँच्नु हुदैन भनेर कुरा उठेपनि विचलित नभई अघि बढेका आरिफ अब के हुन्छन् अब फाईनल स्पर्धाले निर्णय गर्छ ।

    https://www.youtube.com/watch?v=E5iMb_5PBtQ

    दी भ्वाईसमा उनले ‘तिमीलाई देखेर हिमाल हाँसेको’, ‘रंगीन तारा’, ‘उडायो हावाले’, ‘मैले गीत छोडी आए लगायतका गीत गाएर मन जितिसकेका छन् ।
    उनलाई भोट गर्नका लागि ०१ लेखेर ३७००० मा भोट गर्न सक्नुहुनेछ । भोटिङ कोड १ रहेका आरिफलाई लक्की स्पर्धीको रुपमा लिने गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…