आदरणीय उर्लाबारी बासी र यस राष्ट्रका सम्पूर्ण न्यायमा वैचारिक महानतामा मनोभावना रत सबै वर्ग तह श्रम सबै पेशागत तथा राजनैतिक व्यक्तित्व तथा सर्व साधारण सबै उच्च व्यक्तित्व समेतमा पदासिन आदरणीय मानवताप्रति उच्च भावना सहित मुलुकका नागरिकहरू, म भोजपुर जिल्लामा जन्म भएको नागरिक हुँ ।
मेरो बाजे गौरिशंकर १९८९ मा बनारसमा पुराणको प्रवचनमा राणा सरकारका दावन चरित्रको समान व्यवहार भएको प्रवचन गरेकोमा त्रियुगामा राणाका आफन्तबाट मारिनुभएको थियो ।
तर प्रकाशमा नआएको इतिहास वंसमा कायम छ । म विगत २०३७÷ १२÷२० मा तत्कलीन पञ्चायतमा सानो कर्मचारीको रुपमा नियुक्त भई जिविको पार्जन गर्दै आएको थिएँ । विद्यार्थी अवस्थामा बेलडाँगी र ढुकुरपानी अध्ययन गर्दा क्रान्तिका पहलमान जे.बी. टुहुरे तथा लभ प्रधानले गाएको गीत सुन्न दुगुर्दैसँगै पुग्थेँ । त्यस्ता व्यक्तिहरूका प्रचारप्रसार कार्यक्रममा मधुमल्ला, तोरीबारी, रमितेमा गाएका गीत सुन्न र नाच्न चाहने केटो म पनि एक थिएँ ।
त्यो कुरा थाहा पाएर पञ्चहरूले म बहाल हुँदाहुँदै २ पटक ७ दिन र ५ दिन अर्कै निहुँ पारी उर्लाबारी प्रहरीमा थुनेको साथै २०६३ मा काठमाण्डौमा पञ्चायत विरोधी कार्यक्रममा ज्ञानेन्द्र सरकार विरुद्ध आन्दोलनमा गई ४५ दिन जेल परेको इतिहास धेरैलाई थाहा छ ।
तर फल स्वरुप २०३८ मा स्थायित्व भई ४३ मा बढुवा भएको र मलाई नव निर्वाचित जनप्रतिनिधीले मेरो मनोभावना नै नबुझी पञ्चे र धनी देख्नु भयो र पेशाबाट पाकेको १ वर्षको तलव र १२० दिन बिरामी बिदा तथा १८० दिन घर बिदाको रकम समेत भुक्तानी नगरी सेवाबाट मुक्त गरियो तर सेवा मुक्त गर्दा अपनाउनुपर्ने स्पष्टीकरण सस्पेन्ट, तलव रोक्का जस्ता कुनै प्रकृया नअपनाईकन के कारणले सेवा मुक्त भएँ मलाई केही थाहा छैन । तत् पश्चात दैनिक जंगलबाट दाउरा ल्याई दमक लगेर बेच्दै ससाना नानीहरू र ७५ वर्ष पुगेकी बुढि आमाको लालनपालन गर्नुपरो ।
बूढीआमाले दैनि रु. १० को औषधी खान नपाई २०५० मा स्वार्गबास हुनुभयो । हुन त म डेढ वर्षको हुँदा नै बाबुको परलोक भएको थियो । २०२५ मा पहिरोले घरबारी बगाएको कारणले मधेश हुन आएको मेरो परिवार २०३८ र २०४८ को बाढीले उर्लाबारी ५ को नुनसरी बगरमा सुकुम्बासी भई पाएको जग्गा २ पटक घर समेत बगाइदिएको । अध्ययनको क्रममा दमक खरखरे बस्दा १ मन धान कुटेर मधुमल्ला लगी चामल बेची स्कुलका किताब कपी, कलम, फी पूरा गर्न असमर्थ भई स्कूलबाट २०३३ सालमा दमक हि.मा.वि. मा कक्षा १० मा अध्ययन गर्दा गर्दै फी तिनर्ज नसक्दा विद्यालय छाड्नु प¥यो ।
हाल गतवर्षको बक्राहा खोलाको बाढीले पनि मेरो ठुलो सम्पती बगरको २ कट्ठा जग्गा पनि कटान गरेर लगिदियो । सम्पतिमा सुरुमा रु. १६ं० तलब खाँदा मासिक रु १० ने.बै.लि. उर्लाबारीमा ८ वर्ष जम्मा गर्दा हुन आएको रु. १९०० रकमबाट जोडेको १० धुर घडेरी र छोराले ६ वर्ष विदेश बसेर बनाएको एउटा घर मात्र सम्पति छ ।
अन्य कही कतै केही पनि छैन । बाजेका पालमा राणाका मान्छेहरूले धेरै जग्गा कब्जा गरिसकेकाले बाबु समेतले अंश नपाएकोले पैतृक सम्पति थिएन ।
आदरणीय न्याय प्रेमी मित्रहरू पछि कर्मचारीले गा.वि.स. सञ्चालन गर्दा मेरो दुख र कामको विज्ञताका आधारमा पछि पुनरबहाली स्थायित्व हुने गरी नियुक्ति गरेको र स्थायित्व माग गर्दै मैले दिएका निवेदन तथा सेवा मुक्त नगरिदिनु भनी पेश गरेका निवेदनहरू पेश हुँदा पुर्नविचार भएन । तत्कालिन समयका अध्यक्ष घनेन्द्र जिमीले नि सुनाई गरिदिनुभएन् । समयमा कार्यालयमा रहेका मेरा फाइलहरू सबै फ्याँकिए ।
मसँग भएका कागजपत्रहरू पनि कार्यालयले माग गरी पेश गरेँ । हाल मेरो फाइल कागज पत्र हेर्न सम्म पनि दिइएको छैन । तसर्थ २०७५ साल पौस १५ गते सम्म काम गर्दा कहिल्यै स्थायित्व हुने अवसर पाइन । यसअघि नगरपालिका भएपछि प्रशासन प्रमुख ना.सु. भरत अधिकारीलाई मेरो यथार्थ उल्लेख गरी टिप्पणी उठाईदिन भएको भए कार्यकारीले पेश गरिदिनुहुने छ, मेयरले सदर गर्दा बैठकले निर्णय गर्दा पुरानो कर्मचारीलाई स्वतः स्थायी गर्न सहज हुन्छ भनेर अनुरोध गर्दा समेत उहाँले टिप्पणी गराईदिनु भएन । अर्को मौका पनि गुम्यो ।
विगतमा काम गर्दा अति व्यस्त कर्मचारी म नै हुन्थेँ, प्राय धेरैलाई थाहा छ, हाल सोही न.पा. मै म काम गर्दागर्दै बृद्ध हुन पुगेँ । अब अन्यत्र केही गर्न सम्भव पनि छैन । टिप्पणी बनाई सदर भएको भए एक स्तर पदोन्नति हुन्थ्यो तर २ स्तर तल झारी कार्यालय सहयोगीमा रहनुपरेको र सेवा पछि केही नपाएकोले राजिनामा गरेको हुँ । हाल इलामको दानाबारी, झापाको बिर्तामोडमा बेल्चा हान्ने, ढुङ्गा गिटीमा काम गर्ने मजदुर हुँदै पेट पालन गर्नु परेको छ । यता घर निर्माणमा रकम नपुगी कृषि विकास बैकबाट लिएको कर्जा तिर्न नसकी लिलाम हुन लागेको छ । नपा.बाट ऋणि तिर्न र घर बचाउन साथै सानातिनु व्यवसाय गर्न सक्ने गरी न्यायोचित आर्थिक पुरस्कार स्वरुप पाएमा मलाई राज्यबाट न्याय भएको महशुस हुनेथियो होला ।
आशा राखी प्रमुख उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत समेतमा निवेदन पेश पनि गरिसकेको छु । हालसम्म केही पाएको भएको छैन । गरिब र पीडित कर्मचारीलाई जिविको पार्जनका लागि केही रकम पाउने गरी निर्णय हुँदा कोही कसैको घर, जेथा वा गोजीबाट दिनुपर्छ ? अर्थात न.पा. र राज्यको ढिकुटी रित्तिन्छ? नदिँदा कि सम्बन्धित निर्णय गर्न पाउने आदरणीय पदाधिकारी ज्यूहरूको आर्थिक बृद्धि हुन्छ ?
साथै म यस मुलुकको नागरिक होइन ? मलाई लोकतन्त्र, गणतन्त्र आएको अनुभूति हुनुपर्छ पर्दैन ? आम समुदायले बुझिदिनु पर्छ, आवाज उठाईदिनुपर्छ । मैले मेरा इष्टमित्र, साथीभाइबाट लिएको केही सरसापट रकम फिर्ता गर्नसमेत पाएको छैन । म मुटुको विरामी भएकोले उपचार गर्न पाएको छैन । यसरी म अत्यन्तै पीडित भई यस मुलुकमा अन्यायमा परेको पुरानोभन्दा पुरानो ३८ वर्ष काम गरेको कर्मचारी भएकोले सबैबाट माया र न्यायको लागि आ–आफ्नो ठाउँबाट आवाज उठाईदिनुहुन विनम्र अनुरोध गर्दै यो अपिल गर्दछु ।
अपिल कर्ता
शालिग्राम सापकोटा
भू.पू. कर्मचारी, उर्लाबारी न.पा.
सम्पर्क नं. ९८१७३३५८३७