•  

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार सर्न हतार गरेपनि चिकित्सकले अनुमति नदिएपछि केही दिन अस्पतालमै बस्नुपर्ने भएको छ । ओलीले बुधबार नै अस्पतालबाट डिस्चार्ज हुन चाहेका थिए । तर स्वास्थ्य अवस्था सन्तोषजनक रुपमा सुधार भैनसकेकाले केही दिन चिकित्सकको निगरानीमा अस्पतालमै बसेर उपचारलाई निरन्तरता दिनुपर्ने सुझाव पाएपछि प्रधानमन्त्री ओलीले केही दिन डिस्चार्ज लिन अनुमति नपाएको थाहा भएको छ ।

    महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत प्रधानमन्त्री केही दिन अस्पतालमै रहेर स्वास्थ्यलाभ गर्नुहुने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

    प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र हाल चिकित्सकीय अवलोकनमा राखिएको अस्पतालले जनाएको छ । यही मङ्सिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…