सेटिङ्गमा जुवाखाल, उपल्लो निकाय किन बेखबर ?
सुर्य बराल, कावासाती, १८ मंसिर । नवलपुर जिल्लाको सदरमुकाम कावासोती डण्डामा लामो समयदेखि जुवाखाल सञ्चालन भईरहेको छ ।
यस बिषयमा सञ्चार माध्यममा पटक पटक समचार पनि आईसकेको छ, तर फेरी पनि जुवाडेहरु निर्वादरुपमा जुवाखाल सञ्चालन गराईरहेका छन् र खेलाडीहरुलाई जुवा खेल्न बोलाउदै भनिरहेका छन् प्रहरी सेटिङ्गमा छ, चिन्ता लिनु पर्दैन ।
जिल्लाको कावासोतीको अलवा अन्य स्थानमा जुवाडेहरुले घुम्ती अभियानको रुपमा जुवाखाल सञ्चालनमा ल्याईरहेका छन् । उनीहरुले कावासोती, डण्डा, आरुङ्गंखोला, दाउन्ने, र देबचुली लगाएतका बिभिन्न क्षेत्रमा चर्हादै जुवाखाल सञ्चालनमा ल्याईरहेका हुन् ।
जुवाडेहरुले लामो समयदेखि नियमित जुवा सञ्चालन गरिरहेको खुल्नमा आएको हो । जिल्लामा प्रहरीकै मिलेमतो र सेटिङ्गमा जुवाखाल, तस्करी र अन्य अबैध धन्दाहरु मौलाईरहेको जन गुनासो बढिरहेको छ ।
जिल्लाका प्रहरी हाकिम र ईस्पेक्टरको जुुवाडेहरुसँग, अबैध धन्दा गर्नेहरुसँग साठँगाठ गरेको जनगुनासो आईरहेको छ । त्यस्तै स्थानीय प्रहरी चौकी र केही प्रहरीहरुसँगको सेटिङ्गमा जिल्लामा जुवाखाल, तस्करी र अबैध धन्दा भित्रभित्रै मौलाउदैं गईरहेको बुझिएको छ ।
कावासोती र डण्डाको तल्लो तटिय क्षेत्र सेतोपानी लगायतका जंगलसँग सिमा जोडिएका र नारायणी तिरमा संञ्चालित कतिपय कटेजहरुमा समेत जुवाडेहरुले आफ्नो अखडा बनाईरहेको खुल्नमा आएको छ ।
जिल्लामा कार्यरत प्रहरीका केही भ्रष्ट चल्तापुर्ता ब्यक्तिलाई पैसाको प्रलोभनमा पारी उनीहरुकै सुचना र सहयोगमा कावासोतीमा निर्वाद जुवाखालको स्वर्गस्थल बनाएको श्रोतको दावी छ ।
त्यस्तै जुवाडेहरुले केही अन्य युवाहरुको टोली नै बनाई को आँउछ को जान्छ हेर्न लगाउने गरेको पाईएको समेत श्रोतले जानकारी दिएको छ ।
यसरी जिल्लामा जिल्ला प्रहरीकै केही भ्रष्ट्र अधिकृत र हाकिमसँगको साँठगाँठमा जुवाखाल सञ्चालन गर्दै आईरहेको खुल्नमा आएको छ ।
उनीहरुले सञ्चालन गर्ने जुवाखालमा एकै खेलमा पचास लाखदेखि करोडसम्मकै खेल हुने गरेको पनि बुझिएको छ । श्रोतका अनुसार चितवन डेरा गरी बस्ने नामुद जुवाडे शालीग्राम सापकोटा जुवाडेको नाईके रहेको बुझिएको छ ।
त्यस्तै, डण्डाका क्रृषि थनेत, चितवनका जुवाडे बोध बहादुर पौडेल, दोङ्ग भन्ने गोर्खाका नामुद जुवाडे, हरि भन्ने नामुद जुवाडे र नारायणगढकै केही नाम चलेका ब्यापारीहरु समेत अहिले नवलपुरका बिभिन्न क्षेत्रमा निर्वाद रुपमा जुवा खेलिरहेको पाईएको छ ।
ति स्थानमा सञ्चालित जुवाखाल बारे जिल्लामा रहेका एसपीलाई थाहा भएरपनि उनले नियन्त्रण गर्न सकिरहेका छैनन् ।
चितवन, नवलपुरका जुवाडेहरु साथै केही अन्य जिल्लाका जुवाडेहरु अहिले नवलपुरका ति स्थानहरुमा जुवा खेल्ने गरेको पाईएको हो ।
चितवनका एसपीले समेत स्पष्ट लाईन नदिएपछि जुवाडेहरुले नवलपुरलाई आफ्नो अखडा बनाएको पाईएको हो । यसैबिच जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रमुख प्रहरी उपरिक्षक मोहन पोख्रेलसँग यस विषयमा बुझ्न खोज्दा उनको मोबाईलमा सम्पर्क हुन सकेन् । आजको भण्डाफोर अभियानबाट ।