• रूपेन्द्र शेर्मा
    भद्रपुर(झापा), १८ मंसिर/चर्चित रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन दुईको उत्कृष्ठ चारमा पर्न सफल राम लिम्बु र विकास लिम्बु आउने जानकारी प्राप्त भएपछि आफन्त र शुभेच्छुकहरुको भिडले बुधबार भद्रपुर विमानस्थल भरिभराउ थियो ।
    सुरुमा बिर्तामोडबाट राम लिम्बुका आफन्त र शुभेच्छुकहरु खदा लिएर विमानस्थल पुगेका थिए । बस, जीप र मोटरसाइकलमा विमानस्थल पुगेका उनीहरुले राम लिम्बुलाई भोट दिन आग्रह गरिरहेका थिए । जव उनीहरु ‘भोट फर राम लिम्बु’ भनेर कराउँदैथिए, विकास लिम्बुका आफन्त र शुभेच्छुकहरु पनि झण्डै उत्तिकै संख्यामा विमानस्थल आइपुगे । एकातिर राम लिम्बुका पक्षधरहरु नारा लगाउँदै थिएभने अर्कोतिर विकास लिम्बुका शुभेच्छुकहरु नारा लगाउन थाले । राम र विकास दुवै पक्षधरहरुको आ–आफ्नो हुटिङका कारण रोमाञ्चकारी दृश्य चलिरहेकै बेला दिउँसो १ बजेर ४५ मिनेट जाँदा यति एयरलायन्सको जहाज अवतरण गर्यो । यो जहाज अवतरण गरेको करिब पाँच मिनेटपछि कालो चश्मा लगाएका कर्णप्रिय आवाजका धनी राम लिम्बु हात हल्लाउँदै आफ्ना शुभेच्छुकहरु नजिक जव आइपुग्यो । शुभेच्छेकहरुलाई खदा लगाइदिन र सेल्फी खिच्न भ्याईनभ्याई भयो । राम लिम्बुका भाइ लक्ष्मण र आमा पुष्पा पनि त्यहाँ पुगेका थिए ।
    उता, उत्तीकै संख्यामा विकास लिम्बुका आफन्त र शुभेच्छुकहरु पनि विमानस्थल आइपुगेका थिए । विकास लिम्बुका शुभेच्छुकहरु ‘भोट फर विकास लिम्बु भनेर कराइरहेका थिए । नाचिरहेका थिए । विकासका बुबा र काकाहरु पनि स्वागत गर्न विमानस्गल आइपुगेका थिए ।

     

    https://www.youtube.com/watch?v=X06_vlmbcig&feature=emb_title

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…