• दीप खादी लिम्बु
    क्वालालम्पुर,मंगसीर-१९

    लिम्बू समुदायहरुको ऐतिहासिक महान पर्व चासोक तङ्नाम साझ-२०७६ (न्वागी पुजा)को तयारी पूरा भएको छ।सुभकामना आदानप्रदान तथा सास्कृतिक धमाका रहने सो कार्यक्रम क्वालालम्पुर स्थित एरिना स्टार होटेलमा डिसेम्बर-८ तारिक आयोजना हुँदै छ। कार्यक्रमका प्रमुख अथिती नेपाली राजदुतावासका राजदुत महामहिम उदयराज पाण्डेको उपस्थितिमा सो समारोहको उद्घघाटन गरिने भएको हो।

    उक्त कार्यक्रममा सहभागी हुन र दर्शक लाई मनोरञ्जन दिन लिम्बू भाषाको चर्चित गायिका गगा फियाक,लिम्बू चलचित्र नायक तथा निर्देशक,सागर केरुङ्ग,चर्चित गायिका रेश्मा पुनमगर र नायिका रिस्ता अधिकारी,बिपना बस्नेतको प्रस्तुति रहने छ।भने कार्यक्रम साझ ६:०० बजे देखि औपचारिक रुपमा सुरु हुने छ।

    चासोक तङ्नाम साझ-२०७६ लाई मण्डला रेस्टुरेन्ट क्वालालम्पुर,एभरेस्ट किचन क्वालालम्पुर,सुर्केली किचन घर जोहोरले प्रायोजन गरेको छ।भने सहयोगी सस्था नेपाल मगर संघ मलेशिया र मिडिया पार्ट्नर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ,मलेशिया रहेको छ।

    बिस्वभरी छरिएर रहेका लिम्बुहरुको साझा संगठन किरात याक्थुङ चुम्लुङले बर्सेनि यो पर्बलाई मनाउदै आइरहेको छ।बिशेषगरि यसपाली चाहिँ यो पर्व लाई खानपिन र सास्कृतिक कार्यक्रम सहित अलि भिन्न पाराले मनाउन लागिएको आयोजक सस्थाले जानकारी दिईएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…