• बाहुण्डाँगी । लोक दोहोरी गायक गणेश साउदको नयाँ लोकदाहोरी गीत ‘मनको धनी’ बजारमा आएको छ ।
    पश्चिम नेपालको टिकापुरमा रहेर गीत संगीतको क्षेत्रमा क्रियाशिल साउदले हालै दोहोरी गीत ‘मनको धनी ’ बजारमा ल्याएका हुन् ।
    २०५९ सालमा पहिलो लोक डेउडा गीत ‘बगन्या आँसु’ ल्याएका साउदको यो सातौँ एल्बम हो । यस अघि उनले अशान्तिका आँसु, यसायदिन बाइगया (देउडा), सुन हो कि पितल (डेउडा ), छम्म बजा ताली (लोकभाका) सम्झनाको नासो (लोकभाका) माँल लगायतका दर्जनौँ गीतहरु बजारमा ल्याइसकेका छन् ।
    मनको धनीको रचनाकार र अभिनय साउदकै रहेको छ । यसको संगितकार विनोद बाजुरेली रहेका छन् । गायीका टिका पुन र साउदलको सयुक्त आवाजमा रहेको यो दोहोरी धन ठूलोकी मन ठूलो भन्ने सन्र्दभमा तयार गरिएको छ । यसको भिडियो सहित बजारमा आइसकेको गायक साउदले बताए ।
    विभिन्न सामाजिक संघ संस्थामा रहेर महत्वपूर्ण जिम्मेवारी बहन गर्दै आएका साउद टिकापुर जेसीज वर्ष २०१९ का शाखा अध्यक्ष समेत हुन् । उनले नेतृत्व गरेको शाखा टिकापुर जेसीज नेपाल जेसीजबाट उत्कृष्ट शाखाका रुपमा अवार्ड समेत पाउन सफल भएको छ । साउद, जनकल्याण सहकारी संस्थाको संस्थापक अध्यक्ष, टिकापुर रेडक्रसको आजीवन सदस्य, खप्तड साँस्कृतिक परिवारका संस्थापक अध्यक्ष छन् । खेलकुद क्षेत्रमा पनि उत्तिकै दख्खल रहेका साउद भलिबल खेलका राष्ट्रिय खेलाडी हुन् । साथै उनले ३ वर्षसम्म विभिन्न संचारमाध्यममा समेत रहेर पत्रकारिताको क्षेत्रमा काम गरेको अनुभव छ । विभिन्न मानसम्मानले विभूसित साउद हालै मात्र सांगितिक क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दै पर्यटन मन्त्री योगेश भट्टराईबाट सम्मानित समेत भएका छन् ।
    सरल, स्वभाव र स्पष्ट वक्ता उनी आफुलाई सामाजिक अभियान्ताका रुपमा मात्र नभइ सांगितिक क्षेत्रमा समेत आफुलाई चिनाउने अठोटका साथ लागि परेका छन् ।
    पेशाले एसियन लाइफ इन्सुरेन्स टिकापुर शाखाको म्यानेजर साउदले नेपाल जेसीजको २०२० का लागि राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । https://www.youtube.com/watch?v=s8foZuRww_c&feature=youtu.be&fbclid=IwAR0vuLA8ysrzqRs6RCaa3x28LZCbGT7NEAAxBluL_w17U4vJJdIZHPxMWUY&app=desktop

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…