•  

    काठमाडौं । चर्चित रियालिटी सो दी भ्वाईस अफ नेपालको फाईनल स्पर्धा शनिवार हुँदैछ ।
    ४ जना कोच मध्ये अब अन्तिम एक एक जनामा फाईनलमा सहभागी हुँदैछन् ।
    झापा अर्जुनधाराका विकास लिम्बु अहिले दर्शकको माया र साथले फाईनल स्पर्धामा उत्रिएका छन् । अहिले उनको उत्कृष्ट गायक बन्ने सपनाले निन्द्रा खोसेको छ । उनि संघर्षको मैदानमा छन् । सुमधुर आवाजका धनी बिकास आफुले गाएर मात्र केहि हुन्न् जबसम्म तपाईले भोट गर्नु हुन्न् । फाईनल स्पर्धामा उनी दावेदारको रुपमा लिईन्छ । सालिन स्भावका विकासको ‘तडकभडक’ छैन् । बरु कसरी उत्कृष्ठ प्रस्तुति दिने ध्याउन्न तेतै छ ।

    https://www.youtube.com/watch?v=8lOQgmyq2mk

    गायन रियालिटी शो दी भ्वाइस अफ लाइभ राउण्ड अर्थात भोटिङमा पुगेपछि विकासको चिनारी बढेको छ । फाईनलमा पुगेपछि अझ चर्चित छन्,विकास ।
    बि.स.२०५० सालमा झापाको अर्जुनधारा १ मा जन्मिएका बिकास सानैबाट गायनम रुची राख्थे । उनको बाल्यकाल सामान्य रुपमै स्कुल पढ्दै बित्न थाल्यो । सानैदेखि गायक बन्ने रहर भएकाले उनी स्कुल पढ्दादेखि नै गीत गाउन थाले । औपचारिक रुपमा भने २०६६ सालदेखि झापामै संगीत सिक्न सुरु गरे ।



    २०६८ सालमा १२ कक्षा उत्तीर्ण गरेर संगीतमै केही गर्ने मन लिएर काठमाडौं हानिए । त्यसपछि उनको संघर्षको यात्रासुरु भयो र आज त्यही यात्रामा अबिचलित भएका लागिरहेका छन् विकास । संसारको उत्कृष्ट गायक बन्ने उनको अपुरो सपनाले आज उनलाई चर्चित गायन रियालिटी शो द भ्वाइस को नेपाली फ्रेन्चाइज भ्वाइस अफ नेपालको स्टेजमा पुर्याएको छ । विकासको सपना बिपनामा परिणत गर्न तपाईको सहयोगको आवश्यक छ ।

    https://www.youtube.com/watch?v=MNz8uBxL7tQ

    अहिले उनी भोटिङ राउन्डमा पुगेपछि सम्पुर्ण दर्शकमाझ भोट गरिदिनको लागि अपिल गरेका छन् । उनलाई भोट गर्नको लागि मोबाइलको मेसेज बक्समा गएर ०४ टाइप गरी ३७००० मा नेपालबाट, ५३०१० भारतबाट र ९२३०० कतारबाट मेसेज सेन्ड गरेर भोट गर्न सक्नुहुनेछ । त्यस्तै विश्वभरीबाट प्रभु पे को एप डाउनलोड गरेर त्यहाँबाट पनि भोट गर्न सक्नुहुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…