देश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले चाँडै दश वर्षे गुरु योजना सार्वजनिक हुने बताएका छन् ।
मुख्यमन्त्री राईले स्वच्छ, सुखी र समुन्नत प्रदेशको निर्माणका लागि शहरी विकास, पर्यटन क्षेत्रका लागि १० वर्षे गुरु योजना चाँडै सार्वजनिक गरिने बताए ।
योजनाबद्ध विकास कार्यमा संघीय, प्रदेश र स्थानीय सरकारले निजी क्षेत्रसँग समन्वय गरी रोजगारी बढाउनेतिर लाग्ने मुख्य मन्त्री राईले बताए ।
मुख्यमन्त्री राईले सुनसरीको दुहवी नगरपालिकाको बहुवार्षिक योजना अन्तर्गत रु एक अर्व २३ करोड ६४ लाखको विभिन्न चार योजना सार्वजनिक गरे ।
ती योजनाहरुमा दुहवी नपा–७ मा रु ९३ करोड ३१ लाखको लागतमा निर्माण गरिने गोल्डेल वाटर पार्क, वडा नं ११ तनमुनामा रु सात करोडको नगरप्रमुख आवास योजना, वडा नं ४ मा रु २० करोड ९६ लाखकोे रङ्गशाला र सोही वडामा रु १२ करोड ३७ लाखको हाटबजार रहेका छन् ।