-कुशुम भट्टराई-
विवाह एउटा बोझ हो, बकबास हो, जसले स्त्री र पुरुषको स्वतन्त्रता खोस्छ । मानिसको नैसर्गिक स्वतन्त्रता खोस्ने यो विवाह भन्ने घामट सँस्था अब भँग गर्नुपर्छ ।
विवाहलाई अवैधानिक करार दिनुपर्छ अनि बल्ल मानिस स्वतन्त्र हुन्छ । विवाह गर्नेलाई जेल सजाय हुनुपर्छ । किनकी, कुनै पनि पुरुषलाई अब अर्काकी छोरीलाई हजारौं वर्ष पुरानो कर्मकाण्डीय सिक्रीले बाँधेर बन्धक बनाएर आफ्नो घरमा ल्याई ‘नोकर्नी बनाउने हक छैन । यसैगरी कुनै पनि पुरुषलाई एउटै नारीसँग मात्र सहबास गर भनेर जर्बदस्ती लादने सँस्कार र परम्परा पनि अब मन्जुर छैन ।
विवाह एउटा धन्दामा परिणत भएको छ । साडीको धन्दा, गहनाको धन्दा, मेकअपको धन्दा, टेलरीङको धन्दा, फर्नीचरको धन्दा, पार्टी प्यालेसको धन्दा । स्त्री र पुरुषवीच मायाको व्यापार । मोहको दलदल । सुरुका केही वर्षको आकर्षण, त्यसपछि विकर्षण अनि दिनहुँको झगडा । पर पुरुष र पर स्त्रीगमनको सिलसिला सुरु । वेश्यागमन, जिगिलोगमन । अन्ततः डिभोर्स या सम्बन्धहीन सम्बन्धको यातनामय निरन्तरता । लाइफ डयामेज । यो विकृती देखा परीसकेको छ ।
आधुनिक युगमा विवाह संस्था भँग हुनैपर्छ । अब विवाह नगरीकनै बयस्क स्त्री पुरुष स्वतन्त्र ढँगले बाँच्न पाउने, यौन तुष्टी मेटन पाउने, सन्तान सुखका लागि विवाह नगरीकनै बच्चा पाउन सकिने र लिभिङ टुगेदरमा बस्न मिल्ने कानून चाहिन्छ । युग बदलीइसक्यो, विवाहका परम्परागत कर्मकाण्ड, मान्यता, सँस्कारको जग भत्कीदैछ ।
विस वर्षअघि मलाई यो बोध हुन्थ्यो भने सायद म विवाह गर्दिनथें । तर, आजकै दिन म विवाहको दलदलमा फँस्न पुगे, जसमा मलाई आफैप्रति खेद छ ।
https://www.youtube.com/watch?v=eTwS-O8N78Q