कुमार खड्का
मंसिर २१, पथरी ।
समाजिक सहिष्णुता कायम गराउन सक्ने क्षमता युवा बर्गमा विकाश गराउन सके राष्ट्रले लिएको सुखी नेपाली समृद्ध नेपालको जग बलियो हुने जेसी शंकरको भनाई रहेको छ ।
परिवर्तनका नाममा हुने ठुला–ठुला सघर्ष युवा मस्तीष्कको सोच बाट आएको हुनाले युवा विचारले ल्याएका परिवर्तन दुरगामी र बहुउपयोगि हुनेमा कुनै विस्मात नरहेको उनको तर्क रहेको छ । सोहि दुरगामी र बहुउपयोगि सोचको बिकाश युवा मस्तीष्कमा भर्नका लागि पथरीका युवा व्यावसायी जेसि अशोक शंकर यतिबेला राष्ट्रिय अध्यक्षका लागि चुनावी अभियानमा लागेका छन् ।
युवालाई एउटा कुशल नेतृत्व गर्न सक्ने क्षमताको विकास गरि समाज परिवर्तनमा सारथी बनाउने दुरगामी सोच उनको रहेको छ ।
युवाको कुशल नेतृत्वले सामाजिक सहिष्णुता र सम्मुनत समाज निर्माण गरि सोहि समाजलाई हस्तान्तरण गर्न साथै नेपाल जेसिजलाई नयाँ गति दिन आफुले उम्मेद्वारी दिएको बताउँदै शंकरले सबैलाई सहयोगका लागि आह्वान गरेका छन् ।
नेपाल जेसिजको चुनावी अधिवेशन नजिकिदै गर्दा राष्ट्रिय अध्यक्षका उमेदवार अशोक शंकरले चुनावी प्रचारलाई तिब्र बनाएका छन ।
पथरी शनिश्चरेका शंकरको अपिल सँगै नेपाल जेसिज बर्ष २०२० का राष्ट्रिय अध्यक्षका उम्मेरदवार अशोेक शंकरलाई जिताउने अभियानमा नगर प्रमुख सहित नगरवासी एकजुट हुने भएका छन् ।
प्रदेश १ का सफल व्यवसायी शंकर पथरी जेसिजका संस्थापक अध्यक्ष हुन । शंकरलाई जिताउन पथरी शनिश्चरेका व्यपारी, शिक्षक, संघसस्थाका प्रतिनिधी, जन प्रतिनिधि, राजनैतिक व्यक्तित्व लगायतका सम्पुर्ण नगरवासीले साथ दिने प्रतिबद्धता जाहेर गरेका छन ।
शंकरलाई विजयी बनाउन नगरमा अशोक शंकर जिताउ अभियान समिती गठन गरिएको छ ।
पथरीशनिश्चरे १ मोरङका अर्जुन कुमार बुढाथोकीको नेतृत्वमा १ सय १ जना सदस्य रहेको अशोक शंकर जिताउ समिति समेत गठन गरिएको हो ।
सल्लाहकार समितिमा मोरङको पूर्वी उत्तरी मोरङका पालिका प्रमुखहरु, संविधान सदस्य चन्डि प्रसाद राई समेत रहनेकुरा राईले बताए ।
सबैले एकजुट भएर शंकरको जितका लागि कम्मर कसेर हरेक क्षेत्रबाट लाग्न पनि राईले आग्रह गरे ।
सोही कार्यक्रममा पथरी सुनचाँदी व्यावसायी संघका अध्यक्ष नरेश घतानीको संयोजकत्वमा ३ सदस्यीय आर्थिक संकलन समिति समेत गठन भएको छ ।
शंकर पथरी जेसिजका संस्थापक अध्यक्ष हुन् । हाल सम्म शंकरले जेसिज वर्ष २०१४ को राष्ट्रि उपाध्यक्ष र वर्ष २०१८ को राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भएर समेत काम गरिसेका छन् ।
अशोक लगनशील, कर्तव्यनिष्ठ, कर्मठ र सामाजिक छवि उँचो भएका व्यक्तित्व रहेका कारण उनलाई जिताउन जेसीज सदस्यका साथै सम्पुर्ण देश नै लागि परेको छ ।
जेसिजको वर्ष २०२० को लागि राष्ट्रिय अधिवेशन पुष ९ देखि १२ गते सम्म चितवनको रत्ननगर, सौराहामा हुने तय भएको छ ।
राष्ट्रिय अध्यक्षको लागि अशोक शंकरसँगै अन्य ३ जना चुनावी मैदानमा रहेका छन् ।