बिजु सुवेदी (विजय),
अस्तित्व जीवनदेखि निराश भयो । जीवन के हो खै उसले बुझ्नै सकेन । आपद पर्दा उसले धेरैलाई मद्दत गर्यो । दरेवानलाई त राजा बनायो । राजा बनाएकोले त के हेथ्र्यो उसलाई ! उल्टै उसले मरेको इण्डियनले जिउँदो नेपालीलाई खाएसरि गर्यो । विल्लीवाँठ हेर्दा उसलाई दया पलाउँथ्यो, सबलाई मनैले सहयोग गथ्र्यो, कहाँबाट कहाँ पुर्याउँथ्यो तर फगत कसैले गुणको गुणन गरेन ।
उसले कसलाई मात्र माथि पुर्याएन । नेता होस् या व्यापारी, कवि होस् या कलाकार, खेलाडी होस् या पुजारी, उसको द्वारमा जो पनि आउँथ्यो खाली हात फर्काउँदैन्थ्यो । के भयो के भयो उसको वरिपरि सङ्कट मडारिन थाल्यो । लाग्थ्यो ‘देश डुब्न लागेको छ’ । मझधारमा जान एकजना नाविकको एकदमै जरुरत थियो तर सबैजना आफु मात्र तर्ने डुङ्गा अरुका लागि नल्याउने स्वार्थी संसार देख्दा उसलाई दिक्दारी लागेको थियो । ऊ अलपत्र परेको थियो, देशको हाल पनि त्यस्तै थियो । “सहयोग दिने व्यक्ति ऊ आफै याचक भएको छ ।” ऊ बरबराउन थाल्यो ।
मनभरिका अधकल्चोहरु समाधान गर्न ऊ एउटा सानो कुटीमा प्रवेश गर्यो जहाँका वेरुप वृद्धले उसलाई त्यही कुटीमा आएमा जे पनि समाधान गरिदिने वचन दिएका थिए । त्यही त्यान्द्रो आशाका साथ जब ऊ कुटीभित्र पस्यो कुटीभरि धुवैँधुवाँ मडारिरहेको थियो ।
कहिँ कतै गोधुली जस्तो, कहिँ कतै घुर्मैलो तुवाँलो जस्तो । जस्तै भए पनि धुवाँ हट्ने प्रतिक्षा गरिरह्यो । त्यो धुवाँ सुगन्धित धुपको नभएर त्यो धुवाँ बाबाको गाँजाको थियो । उसलाई त्यस्तो केही थाहा थिएन । वर्षौ अगाडि उसले गोयथे इन्ष्टिच्युटमा धुम्रपान विरोधी एकाङ्की गरेको थियो ।
तालीको गडगवडाहट पाएको थियो । निःशुल्क पासको टिकटमा भरिएका सर्वसाधारण सबैलाई जागरण गरेकोमा ऊ खुसीले रोएको थियो । एउटा ठुलै व्यक्तिले उसलाई देखाउँदै भनेको थियो “यो नेवापस नेपाल वातावरण पत्रकार समुहको प्रडक्ट हो । केटाले राम्रो गर्यो ।” यो कुरा सुन्दा उ गर्विलो भएको थियो । उसलाई संसारको ठुलै युद्ध जितेको लागेको थियो ।
यत्ति उसले मनको उडान गरिसकेपछि धुवाँ विस्तारै साम्य भयो । वावालाई स्पष्टसँग देख्न सकिने भयो । कुटीमा प्रवेश गर्यो । वावाको चरणमा दण्डवत गर्यो । “वावा ! आज सबैलाई सहयोग गर्ने व्यक्ति आफँै याचक भएर आएको छु । लाचार जिन्दगी ! ऐठन जिन्दगी ! रुँदा हाँस्ने जिन्दगी ! हाँस्दा रुने जिन्दगी ! विवस जिन्दगी ! कोलाहलमा एक्लो जिन्दगी ! फगत जिन्दगी , वर्वादी जिन्दगी ! यो वर्वादीले मलाई दार्शनिक बनायो वावा ! सबैबाट धोका पाएँ वावा ! कसैले मलाई सहयोग गरेनन् वावा ! मैले मेरा लागि मागेको हैन तर कसैले पनि यो समाज माथि उँभोसम्म लैजाऊँ भन्दा कसैले पनि मलाई टेरेनन् अनि झन् मलाई एक्लो बनायो । सब लुच्चा, लफङ्गा भएर निस्के । हरे ! लौ न बाबा ! मलाई मार्गदर्शन गरिदिनुहोला ।“
फेरि एकछिन चकमन्न चूपचापपछि अस्तित्त्वले भन्यो “बाबा ! हजुरले के सहयोग गर्न सक्नुहुन्छ ? मलाई जसले पनि हतोत्साही बनाइरहेका छन् । जिन्दगी जिउन मुस्किल भइरहेको छ । समस्याको समाधान निक्लिरहेको छैन बाबा ! देश डुब्न लाग्यो बाबा !”
“सहने र जस्तोसुकै परिस्थितिसँग सामना गर्नेमा धेरै फरक छ बालक ! यदि तपाईंले धेरै दुःख पाइरहनु भएको छ तर समाधानको उपाय निक्लिरहेको छैन भने त्यसलाई समाधान गर्ने कुनै न कुनै त उपाय भइहाल्छ भनी उपाय खोज्नु र त्यसको समाधान निकाल्न सक्नु भनेको परिस्थितिको सामना गर्ने अन्तर्गत पर्दछ ।
एउटा जिन्दगी त्यस्तै विताउने, जिन्दगी यस्तै हो अब योभन्दा हँुदैन भन्नेहरुले कुनै पनि ठाउँमा प्रगती गर्न सक्दैन । एउटा जिन्दगीमा हरेस खाएमा त्यसलाई सामना गर्दै अघि बढ्ने, ‘मैले त अझै प्रयास गर्नुपर्ने रहेछ’ भनी आफुले सक्दो मेहनत गरी अघि बढ्ने । यदि ‘तपाईंले गरेको ठीक छ, राम्रै गर्यौ’ भनेमा अझ प्रयास मेहनत गरी अघि बढ्नू । यो मूलमन्त्र सधैँ लिएर अघि बढ्नुहोस् म दाबी गर्छु तपाईंले कहिल्यै समस्याको सामना गर्नुपर्ने छैन । तपाईंले सधैँ अगाडि बढ्न पाउनु हुनेछ ।”
शिष्य ! तपाईंले यो पाठ जरुर याद राख्नू । यति भन्दै बाबाले हातको इसाराले जाऊ जाऊ भन्दै गाँजा तान्न थाल्यो ।
अस्तित्व बाहिर निस्क्यो र सँगै जोडिएको गुम्बा निरको फुथपाथको चिया पसल नजिकै पुग्यो । उसले पढाउने काम गथ्र्यो, त्यहीँ गुम्बानिरको सानो विद्यालयमा, त्यहँका सबैले उसलाई माष्टर भनेर चिन्थ्यो । गुम्बाकाहरुका सबै उससँग जहिले पनि मनोविज्ञानदेखि सामान्यज्ञानका कुराहरु ऊसँग सोध्थ्यो । उसले उत्तर दिन्थ्यो । यसका लागि योग्य भएकामा उसले आफुलाई धन्य सम्झिन्थ्यो । त्यो बेला महिनाको पहिलो हप्ता चलिरहेको थियो । ऊसँग फुत्या कौडी पनि थिएन । तलब आउन अँझै चार हप्ता कुर्नुपर्ने थियो । आफ्नो गन्तव्यमा जान बसभाडा पनि थिएन । आफ्नो खल्तीहरु छाम्यो कतै पनि द्रव्यको साथ पाएन ।
त्यत्तिक्कैबेला एकहूल क्रान्तिकारीहरु दिउँसै चिलाख वाल्दै “हामीलाई स्वतन्त्र देश दे !! ” भन्दै मशाल जुलुश आउँदै थियो । उनीहरुको खुट्टाको चप्पलले उडाएको धुलोमा त्यहाँ उसले बीसको नोट उडिरहेको देख्यो । उसले त्यो नोट टपक्क टिप्यो । हरियो लुगा लगाउने बाबा पनि कुटीबाट बाहिरिएर त्यो मशालको फिलिङ्गोहरु हेर्दै थियो । उसले बाबालाई टाटा बाइबाई गर्यो ।
बाबासँग विदा भएर अस्तित्त्वले अशान्ति मेटाउन चिया खान चिया पसलमा जाने हुर्मत गर्यो । हुन पनि ऊसँग जम्माजम्मी त्यही २० रुपियाँ मात्रै थियो । जम्मा एक कप चियाको सरणमा जाने उसले निर्णय गर्यो । सहरको यो फुटपाथे पसलमा मात्रै त २०रुपियाँ जाने चिया पाउने हो । हुनत उसले योभन्दा पहिले पनि चिया पिउन जान्थ्यो तर सधैँ च्याापिएको अनुभव गथ्र्यो । खासमा के भने उसले योभन्दा पहिले धेरैचोटि आरामसँग चिया खाने ठाउँ भेट्टाउन सकेको थिएन । जहाँ उसले चिया खान बस्थ्यो त्यहाँ चुरोटको धुवाँ फ्याँक्ने आवारा केटाहरु घेरिन आउँथ्यो ।
ऊ जब सानो हिँड्न नसक्ने तातेताते गर्ने समयमा पनि उसलाई बोक्ने हजुरबुबाले ऊसँग चिया खाँदा सकसपुर्ण धुवाँको मुस्लो फ्याँकेको देखेको थियो । हुन पनि हजुरबुबा आउँदा उसले चियाले स्वागत गथ्र्यो भने चियाको सुर्पोसँगै मोटरमार्क, गोल्डफ्लैक देखि गैँडा, आशा हुँदै याकसम्मको टिठलाग्दो थरीथरीका मुस्लाले एडिक्ट हजुरबुबा जस्तो उसलाई लाग्थ्यो । त्यसैले उसले मामाघरको उक्त हजुरबुबा मास छर्न जाँदा धेरै नै हल्का महसुस गरेको थियो । यसरी उसको हजुरबुबाले ऊ दश वर्षको हुँदासम्म उचालेर बोकी चुरोटको धुवामँ रगाएको थियो । सपनामा पनि हाँसेर बुढोको भूतले मुस्ला छोडेकोमा उसलाई सारो ऐठन हुन्थ्यो । आफुलाई यथार्थमा आउँदा हजुरबुबा नभएकामा गमक्क पथ्र्यो र खुसीले स्वच्छ लामो सास तान्थ्यो ।
बाबासँग बसेर चिया पिउन त उसलाई मन त पथ्र्यो तर बाबाले पनि यस्तै हर्कत गर्ला भनेर उसले बाबासँग चिया नपिउने निधो गरेको थियो । किनकी बाबा पनि उस्तै त थियो । उसलाई उही दिक्दारी भयो । उसले पछिल्लोपटक जाँदा पनि त्यहाँ त्यत्रो ठुलो धुवाँको तुँवालो देखेको थियो । उपदेश त बाबाको राम्रै लाग्यो उसलाई तर कार्यान्वयन नगर्ने बाबा टीठलाग्यो उसलाई ।
आवारा केटाहरु चुरोट तान्दै चियासँगै गफिँदै थियो । एउटाले भन्यो “थाहा छ भुन्टे ? यहाँ एकदिन शिवरात्रिको दिन रातमा गाँजा राखेर शिवजी बुटी चुरोट तान्दै थियो । शिवजीले त्यत्तिबेलै भन्यो “हे मनुष्यहरु ! म शिवजी हुँ चिन्यौ तिमीहरुले । अरुले भन्न थाल्यो यसलाई चाहिँ लागेकै रहेछ । यसले त आफुलाई शिवजी भन्न थाल्यो । अनि त मलाई लाग्यो कि शिवजीबुटी चुरोट खाएर असली गाँजाको लठ्ठीपनको आनन्द लिनुपर्ला । तर शिवजी त साँच्चिक्कैको शिवजी रहेछन् उनी त त्यहीँ अलप भएछन् । हाम्रो त गाँजाको ह्याङ्ग पनि खत्तम भो यार !” केटाहरु पेट मिचि मिचि हाँस्दै थिए ।
अर्कोले भन्यो — “यो अस्तित्व भन्ने माष्टरलाई हेर न चुरोटको धुवाँले मर्ला जस्तो गर्ने । हामीलाई पढाउन आएका होला यसले । आफ्नो विद्यार्थीलाई मात्र राम्रो पढा ए अस्तित्व ! हाम्रो किन फिक्री तँलाई ? विदेशमा कुनै दुर्घटना भएमा त्यहाँ कसैले पनि अस्पतालमा लैजाँदैनन् । पुलिसले लान्छन् पुलिसले थाहा छ तँलाई ? मतलब नगर् मतलब् । यही मतलब् मतलब् ले तँलाई खाएको छ । विद्यालयभित्र तँ राज गर् विद्यालय बाहिर हाम्रो राज हो हाम्रो ।”
तँलाई थाहा छ माष्टर तेरो बाबा पनि अहिले भरखरै चुरोट, गाँजा तान्दै के भन्दैथ्यो थाहा छ तँलाई ? उसले भन्दैथ्यो “मानिसहरु भन्छन् पहिले चुरोटलाई खान्छौ पछि चुरोटले खान्छ तर मैले चुरोट त के गाँजालाई पनि खान सक्छु । अहिले म ९ दसे भएँ अहिले पनि म यो चुरोट, गाँजाको तुँवालोभित्र बस्न सक्छु र मलाई खाने होइन मैले खाइरहेको छु । मैले तिमीहरुको मृत्युलाई खाइरहेको छु ।”
अस्तित्त्वसँग पढाउनका लागि चाहिने मार्कर थियो, भित्तामा उसले कसैले चालै नपाई ठुलो अक्षरले “नो स्मोकिङ्ग” लेख्यो । “धुम्रपानले लिन्छ ज्यान” पनि लेख्यो । एकाएक ऊ रुन पुग्यो ।
पुष्कर त्यो मान्छे थियो जो देखी चिया पिउन आउनेहरु सबैै हाँस्थे । पुष्कर पनि रुँदै रुँदै उफ्रिउफ्रि कराउँदै थियो । “दिनको एक पटक म कराउन आउँछु । ए चुरोट खान्छस् ? गाँजा तान्छस् ? बडो शिवजीको गोरु बनेका तिमीहरु ? आफ्नो भविष्य हेर् । यसरी आफुलाई क्षतविक्षत नपार् र त्यस पैसाले राम्रो काम गर् । सधैँ लठ्ठ परी देशलाई बर्बाद नपार् । आफुलाई लट्टिपट्टी नपार् । आजको ताजा हालखबर थाहा छ गजेडिहरु ! नेपाल पछि परिसक्यो । चीनज्यु, युरोपियन युनियनज्यु , रुसज्यु , अमेरिकाज्यु त्यसपछि भारतज्यु हामीलाई स्वतन्त्र त पारिदिनुभयो, गणतन्त्र ल्याइदिनुभयो, तपाईंहरु र सबै न्यायप्रेमी आम नेपालीहरु मिलेर सामन्ती दास प्रथा हटायौँ धेरैधेरै धन्यवाद छ, दुनीयाँका सबै धन्यवाद तपाईंहरुलाई नै हामी आम नेपालीहरु सबैका तर्फवाट यहाँहरुलाई ! तर त्यसको बदलामा एउटै अञ्चल भारतका लागि कमिशन नमाग्नुहोस् । हामीलाई रुनु न हाँस्नुको विचल्ली किन बनाउनुहुन्छ तपाईंहरु ?”
फेरि ऊ एकाएक एकजना मानसिक स्थिति ठीक नभएको जस्तो हुन थाल्यो । मैलो लुगा लगाएको तर अब्बल पुस्करदाईको गरमागरम आग्रहलाई तोड्दै आफ्नो आधि बाँकी चिया पिउन दियो अनि ऊ अलि शान्त भयो अनि अस्तित्त्वले सोध्न पुग्यो । (उसलाई त्यहाँ भएकाहरुमध्ये पुस्कर दाई नै राम्रो लाग्यो) र भन्यो “लौ भन्नुस् त दाई यहाँ कुन ठाउँ त्यस्तो ठाउँ छ जहाँ आरामसँग एक कप चिया पिउन सकिन्छ ?”
सबै दर्शकले भन्न थाले “अब चाहिँ पुष्करेलाई मिल्ने आँडे जोडी पाएछ । त्यो फोहोरी चिया पनि पिएछ पुस्करेले ।”
“यो माष्टरलाई हेर न अस्ति शुभकामना आदानप्रदानमा निमन्त्रणा पाएर के प्रफुल्लित भएर चिया पिउन गएको थियो त्यहीँ बहुला कुकुर टाढा छोड्न लगेजस्तो दरबारको लठेब्रो छोड्न ल्यायो । उसले जत्ति नै ताईं देखाए पनि अलिकति भो उसको फुर्ति । त्यत्रो फुर्ति प्रदर्शन गर्नु नहुने माष्टरले ? माष्टर त माष्टर हो उसले थुप्रै विषयमा पारङ्गत गरेको छ । तर सबै विषयको ध्वाँस छोडेपछि ऊ जहाँ जान्छ त्यहाँ दरबारको लठेब्रो नछोड्ने त कुरै भएन नि ? विचरो अस्तित्व माष्टर विचरोको अस्तित्त्व संकटमा परेको छ । बरु त्यो लठेब्रोले धेरै सुबिधा पायो हरे ! माष्टरको हालत त कन्तविजोग छ नि हौ । उसलाई तड्पाउन के के मात्र गरेन आर्मीपुलिस सालाहरुले । विषकन्या छोडेन कि ? घुसको प्रलोभन दिएन कि ? गेस्चर छोडेन कि ? जे पायो त्यही दुव्र्यवहार गरेर हैरान पारेन कि ? तर उसको आदर्शको अगाडि सबै फिक्का भयो तर माष्टरले गज्जपको तकदीर बनाइरहेको छ । हेरौँ हामी त गँजडी हौँ अरुमा त सबै मन सफा छ हाम्रो पनि माष्टरको जुस्तै लुज्जा । सबको भलो गरुन् यिनले । व्रह्मचारी स्वभावको माष्टुर ! व्रह्मण अस्तित्तव हे व्रह्मचारी स्वभावको व्राह्मण अस्तित्तव !” गँजडीहरु यसरी नै गफिँदै थिए ।
हुन पनि जब अस्तित्त्वले आफ्नो कोठालाई पुस्तकालय बनाएको थियो, नौटङ्की दरबारीले उसलाई पटक्कै सहेन । त्यही लठेब्रोलाई उसको वडा कार्यालयमा ठुलो पुस्तकालय बनाएर उसलाई सेखी झार्न धेरै सुखसुविधा दिएर काम गरायो । अस्तित्तवलाई थाहा थिएन, वडाका लागि भनेर उसले प्रकाशन गरेका पुस्तकहरु सहयोग स्वरुप दिन भनी जाँदा वडाका सदसयहरु, अध्यक्ष तथा लाइबे्ररियन बनेका उक्त लठेब्रोले समेत देब्रे मुठ्ठी दबाएर आतङ्ककारी भनेर किताब लिन इन्कार गरे । योभन्दा नौटङ्कीको नौटङ्की के होला ? यो अस्तित्त्वले बुझ्नै सकेनन् ।
अस्तित्त्वले न यस्तो न उस्तो केही मागेका थिएनन् मात्र देश र जनताका लागि गणतन्त्र खोजेको थियो । त्यही नै उसको रोजाइ थियो । तर कसैले टेरेनन् मात्र ढेडु बाँदरजस्तो लठेब्रोलाई ऊ जहाँजहाँ जान्थ्यो नौटङ्कीहरुले त्यही बाटोमा छोड्न ल्याउँथ्यो, गेस्चर देखाउँथ्यो र सबजना एकसे एक तमासे भइरहन्थ्यो, फेरि लाइबे्ररियन पनि बनाइराख्थ्यो । औकात थिएन औकात कसैको । हुर्मत लिइदेला भन्ने डर थियो । जनताको थुकै थुकले बगाउने शक्ति कहाँ विलायो उसले बुझ्नै सकेन । सबैजना फेरि अकुपाई टुडिँखेलमा किन लागेको यो मौन आवाज फेरि कस्तो विलखवन्दको ?
पुस्कर जङ्गियो अनि भन्न थाल्यो — “यहाँ चुरोट तान्न आउने आर्मी, पुलिस, पुजारीदेखि लिएर वातावरण स्वच्छ पार्ने जिम्मा लिने सरकारी अनुगमन निकायहरु पनि छन् । सबले मानवअधिकारको धज्जी उडाइरहेका छन् । आफ्नो स्वतन्त्रता उपभोग गर्दा अरुको स्वतन्त्रतामा आँच पुर्याउनु हुन्न भन्ने थाहा हुँदाहुँदै पनि उनीहरु गतिछाडा हुँदैछन् । हावा सबैको अधिकारको कुरा हो । भगवानले सबैका लागि हावा बनाएका हुन् । हावा सबैको साझा हो । सबैले स्वच्छ हावामा सास फेर्न पाउनु उनीहरुको नैसर्गिक अधिकार हो । छैन बाबु छैन ! यहाँ कतै पनि एक कप चिया आरामसँग खाने ठाउँ छैन । तिम्रा विद्यालयका वालवालिकाहरुलाई राम्रो शिक्षा दिनू । यस्तो लतमा कोही पनि नलागुन् बाबु ! यिनीहरुलाई केही गरेपनि सकिन्न । जहाँ चिया पिउने ठाउँ हुन्छ त्यहीँ यिनीहरु अखडा जमाउँछन् । धुवाँ फ्याँक्छन् । अनि सब तमासे बन्छन् । के भन्छन् नि नियम त आयो तर माथिको आदेश यहाँसम्म पुगेको छैन । कहिले आउने हो यो आदेश बाबै ।
अस्तित्व सङ्कटमा छ बाबु ! अस्तित्व सङ्कटमा छ बाबु । मानवअधिकार आयोगले यसो नगर उसो नगर भनेर हावा स्वच्छ राख्न सिफारिस गर्न सम्म सक्ने भएका छन् । योभन्दा पहिले यत्ति सिफारिस पनि हुँदैनथ्यो । अहिले चाहिँ कार्यान्वयनको काम बाँकी छ । खै के प्रगति भयो भन्नु बाबै । गाँजाको झ्याँगमा अलिअलि लठ्ठी चलाउन आउँछन् काम गरेजस्तो गर्छन् फेरि ज्यूँका त्यूँ । ”
अस्तित्व विलखवन्दमा पर्यो “हरे ! हाम्रो राजधानी शहरलाई त यस्तो भयो भने अरु ठाउँ झन् के हुन्छ ? यो तुँवालोबाट कसरी छुटकारा दिलाउने ? किन मानिसहरु चिया पिएकै ठाउँमा स्मग्लर काम गर्छन् । के चिया पिउनु अपराध हो ? पसलकी साउनीलाई पनि चियामा भन्दा चुरोटमै फाइदा छ विचरी ! उनीहरुको पनि जहान परिवार पाल्नुपर्छ । उनीहरुको पनि लालावालाको प्रश्न छ । के जहानबच्चा पाल्ने अरु उपाय छैन ? उनीहरुलाई त बस् पैसा कमाएर पेट पाल्नुसँग मतलब छ । लाचारी छन् उनीहरु पनि । गुण्डाराजको इसारामा छन् भोको पेटमा दानापानी माग्ने उनीहरु !”
शरीरै नरहे के सेवा गर्ला देश र जनताको ? आज त विद्रोहीहरुबाट २० रुपियाँको एउटा चिया पाएँ । अब यसपछि के होला । कतै पनि नगदको चाँजोपाँजो होला जस्तो लागेन उसलाई । पैसाको लागि अब कोसँग हार गुहार गर्ने ? अस्तित्त्वलाई थाहा भएन ।
उसको गर्जो टार्ने पैसाको अलिकति संकट समाधान गरी उसलाई विलखवन्दबाट मुकत पार्ने चाँदीको टलक यहाँनिर छ :—
डायरी र भूमिका
उसको एउटा असल काम थियो । ऊ सत्यलाई मन पराउँथ्यो । सत्य उसको साथी थियो । उसले सत्यको वलमा डायरी लेख्थ्यो । त्यसैले कलम उसको दमदार थियो । उसले जब डायरी लेखेको एकवर्ष भएको थियो । त्यसैका दमदार दमदार कुराहरु केलाएर पाठकलाई पस्किने विचार गर्यो र एउटा पुस्तकका लागि पाण्डुलिपि तयार पार्यो । त्यसमा उसका सङ्घर्षका सङ्घर्षशील कथाहरु थियो । जब ऊ एकाङ्की हुन्थ्यो, अरुवाट अपहेलित हुन्थ्यो । त्यसको प्रतिकार गर्दै लेख्दै जान्थ्यो । त्यही डायरी उसको साथी हुन्थ्यो । लेखेपछि मात्र उसको मन हलुका हुन्थ्यो । उसले प्रकाशकलाई त्यो पाण्डुलिपि दिइसकेको थियो । उसलाई त्यसका लागि भूमिका लेखाउन पाए हुन्थ्यो भन्ने लागेको थियो । भूमिका लेखनका लागि उसले सबैभन्दा बढी भूमिका लेखेको पिएचडीवाला कलमजीवी र सबैभन्दा धेरै समयदेखि भूमिका लेख्न थालेका पिएचडीवाला गरी दुई कलमजीवीहरुलाई छनौट गर्यो ।
सबैभन्दा पहिले ऊ सबैभन्दा बढी भूमिका लेख्नुहुने रामन्त सर कहाँ गयो । उहाँले अस्तित्त्वलाई चिया पिलाएर केही कुरा सोध्न भेटघाट गर्ने भन्नुभयो । ऊ खुसी भयो । चावहिलनिर एउटा चिया पसलमा उनीहरुले भेट्ने तय गरे । अस्तित्त्व पहिले नै चिया पसलमा पर्खिएर बसिरह्यो । रामन्त सर आउनुभयो, हेल्मेट फुकाल्नुभयो । अस्त्विले पनि आफुले टाउकोमा लगाएको गलबन्दी फुकाल्यो । दुबैजना बीच घमासान अन्तरकुन्तरका कुराहरुको मन्थन भयो । रामन्त सरले चिया अर्डर गर्नुभयो ।
चिया खाँदै उनीहरु देश र जनातका बारेमा चर्काचर्का कुराहरु गर्न थाले । त्यहाँ डरले चिया खान आएकाहरु त के पसलका साहूको पनि गन्ध हरायो । फेरि उनीहरुले देशमा भएको साहित्यको दुर्दसाका बारेमा बहस चलाए । उनीहरु भने बहसमै केन्द्रीत थिए । रामन्त सरले भने पुरै वयानवाजीमा भूमिका लेख्ने निधो गरे । चिया खाइसकेपछि दुबैजना उठे । हेल्मेट लगाएर उभिएकै बेला उहाँको मुनि झुत्रो बीस रुपियाँ झरेको देख्नेवित्तिक्कै टीपेर अस्तित्वले रामन्तसरलाई फर्कायो ।अनि चियाको पैसा चियापसले साहूलाई बोलाएर रामन्त सरले दिइसकेपछि मात्र उनीहरु गए ।
रामन्त सर एउटा प्रखर समालोचक थियो । केही दिनपछि नै उसले ईमेल चेक गर्दा रामन्तसरको भूमिका उसको इनबक्समा पायो । भूमिकामा रामन्त सरले उसका कार्यकलाप सम्मिलित उसको पुस्तकका हरेक कुराहरु एकएक केलाएर कटु समालोचना गर्नु भएको थियो । आखिर पिएचडीवाला न परे । उहाँले कोट्याई कोट्याई यो भएन ऊ भएन भनी अप्रत्यक्ष रुपमै भएपनि दनक दिई भूमिका लेख्नुभएको थियो । अस्तित्वले पनि जोशका साथ भूमिकाका लागि धन्यवाद ! अनि जस्ताको तस्तै प्रेसमा पठाउने वाचासहित रामन्त सरलाई फोन गर्यो र तत्कालै प्रकाशकलाई कुनैपनि काँटछाँट नगरी जस्ताको तस्तै छापिनु पर्छ. भनी इमेल फरवार्ड गरी पठायोे । त्योबाहेक अस्तित्वले पनि उक्त पुस्तकमा “आफ्नो कथन” भनी रामन्त सरले मिलेन भनी अप्रत्यक्ष दनक दिएका कुराहरुको त्यत्तिक्कै शब्दमा एकएक सफाइ पेश गर्यो ।
जीवनका उसका भोगाइहरु त अरुका भन्दा जटिल नै थियो । यसका लागि डायरीको सहारा त लिन्थ्यो नै । तर जब रामन्त सरको दनक शान्त पार्न लेख्दै जाँदा उसको लेखनले पनि एउटा गतिलो गति पायो । उसले लेखनमा मीठास ल्याउन सक्ने भयो । लेखनलाई ठीकठीक शव्द चयन गरी बस्तुपरक, आत्मपरक तरिकाले लेख्न सक्ने हुन थाल्यो । “अस्तित्त्व तपाईं जब एउटा पुस्तक लेख्नु हुन्छ तपाई लेखक हुँदैनौ तर जब पुस्तक प्रकाशन सफल हुन्छ तब तपाईं माने निश्चित रुपमा पहिलेभन्दा प्रखर लेखक बन्ने छौ ।” यो उसलाई उसको एकदमै मनपर्ने ठुलो नेताले दिएको मौखिक सुझाव थियो ।
लेख्दा लेख्दै उसले धेरैको कटु आलोचनाहरु सहनु पर्यो । यसलाई सफाइ दिन उसले अरु कडासँग लेख्न थाल्यो । लेख्दा लेख्दै उसले फुर्सदै पाएन । यसरी ऊ एउटा देशकै ठुलो राम्रो सफल लेखक साहित्यका भइसकेको थियो र जनताहरुबाट पनि थुप्रै मायास्नेह पाउन थालिसकेको थियो ।
उसलाई त्यो २० रुपियाँ विद्रोहीहरुको लिएर रामन्त सरलाई दिन पाएको जस्तो लागेर मनै आनन्द भयो । त्यो एउटा उसको अविश्मरणीय क्षण भयो । त्यो भन्दा सुखको आनन्दिपन उसले जिन्दगीमा वास्तबमै कहिल्यै पायोहोला ऊ यस्तैयस्तै उडानमा प्राःय हाँसिरहन्छ ।
आहा ! बीसको नोट
कत्ति राम्रो बीसको नोट
मनै आनन्द पार्ने
मनै विभोर पार्ने
देशभकत वीसको नोट
क्रान्तिकारीको आवाज हो बीसको नोट
दविएका आवाजहरुको वुलन्दीपन हो वीसको नोट
एक कप चिया वेतोडले दिने वीसको नोट
सबको निन्द्रा भङ्ग गर्नसक्ने अद्भुत क्षमताको एक चिया वीसको नोट ।
वाह ! वीसको नोट
वाह ! एककप चिया उमङ्ग वीसको नोट
अहिले पनि ऊ २० रुपियाँ सम्झेर यसरी नोष्टाल्जिक भइरहन्छ ।
मझेरी डटकमबाट