•  

    काठमाडौं । दी भ्वाईस अफ नेपाल सिजन १ की स्पर्धी श्रेया हात जोड्दै मिडियामा आएकी छिन् ।

    आफुले गाएको गीतलाई जिताउनका लागि उनी भोट माग्दै मिडियामा आएकी हुन् ।

     

    गीतकार तथा संगीतकार डी आर अटुको शब्द,संगीत र श्रेयाको आवाजमा रहेको पूर्बेली मारुनी भाकाको गीत “एक्ले बर’ लिम्दुमी क्रियसनको युट्युब च्यानलबाट ९ महिना अगाडि सार्बजनिक भएको थियो ।

    अहिले आएर यो गीत अमिन नेशनल एवार्डको मनोनयनमा पर्न सफल भएको छ । भोट गर्नको लागि नेपालबाट NEPAL बाट चाहिँ 52D टाइप गरि 38000 मा र कतारबाट Ooredo प्रयोगकर्ताले 52D टाइपगरेर 92300 मा पठाउनु पर्नेछ ।

    यो कार्यक्रमको प्रसारण नेपाल टेलिभिजनबाट प्रतक्ष्य हुनेछ साथै आफु र यो गीतलाई माया गरिदिनु हुने सम्पूर्ण नेपालीहरुलाई भोट गरिदिनु हुनको लागि पनि गायिका श्रेयाले आफ्नो फेसबुक मार्फत अनुरोध गरेका छन् ।

    https://www.youtube.com/watch?v=0XnpVptU7VY&t=60s

     

    विभिन्न देशहरुको सांगीतिक कार्यक्रममा सहभागिता जनाइ सकेकी राई अहिलेको सांगीतिक बजारमा एकदमै ब्यस्त गायिकाको रुपमा अगाडि आएकी छिन् ।

    बाल्यवस्थादेखि नै सांगीतिक परिबेशमा हुर्केकी राई का बाबा स्वयं पनि राम्रो गायक पनि हुन् । सायद त्यहीं वातावरणमा श्रेयाले पनि संगीत प्रतिको मोह पलायो ।

    धनकुटाको साबिक मुगा गाबिस(हाल:पाख्रिबास नपा) मा जन्मिएकी गायिका श्रेया राई भ्वाइस अफ नेपाल सिजन-१ मा टप ८ सम्म पुग्न सफल भएकी थिइन् ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…