• काठमान्डौ  । राम लिम्बू ‘भ्वाइस अफ नेपाल’ सिजन दुईको विजेता बनेका छन् । फाइनलमा पुगेका अन्य तीन प्रतिस्पर्धी विकास लिम्बू, सनिश श्रेष्ठ र आरिफ रौफ लाई पछि पार्दै राम विजेता भएका हुन् ।उनले विजेताको टाइटलसँगै ड्याट्शनको कार, १२ लाख रुपैयाँ नगद तथा एल्बमको कन्ट्रयाक पाएका छन् । राम टिम प्रमोदबाट हुन् । काठमाडौंको चुच्चेपाटीस्थित होटल हायतको ग्राउन्डमा भएको ग्रान्ड फिनालेबाट विजेता घोषणा गरिएको हो । ग्रान्ड फिनालेमा लाइभ सोमा पुगेका प्रतिस्पर्धीसहित गत वर्षका विजेतासहित फाइनलिष्टले पनि प्रस्तुती दिएका थिए ।

    https://www.youtube.com/watch?v=eTwS-O8N78Q&t=52s

    शनिवार भएको ‘द भ्वाइस नेपाल २’ ग्राण्ड फिनालेमा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो ।योसँगै राम लिम्बुले नगद रु. १२ लाख र गाडी जितेका छन् । साथै उनले एक म्युजिक एल्बममा गीत गाउने अफर समेत पाएका छन् ।‘भ्वाइस अफ नेपाल’ सिजन–१ को विजेता सिडी विजय अधिकारी भएका थिए । उनी कोच दीप श्रेष्ठको टिमबाट विजेता भएका थिए । सिजन–१ मा कोचमा दीप श्रेष्ठ र प्रमोद खरेलसँगै सनुप पौडेल र अभया सुब्बा थिए । अभया र सनुपका ठाउँमा सिजन–२ मा राजु लामा र आस्था राउत भित्रिएका थिए । ‘भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेल हुन् ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…