• झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगरसमेत रहेको झापाको दमक नगरपालिका–८ बालुवाटार स्थित करोडौँ मुल्यको सरकारी जमिन नेकपा नेता गगन पुरीले व्यक्तिको नाममा सार्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नेता पुरीले मालपोत र नापीका कर्मचारीसँग मिलेर सरकारी जमिन व्यक्तिको नाममा पार्ने प्रयास गरेको खुलेको हो ।

    पुरीले ११ बिघा सरकारी जमिनलाई मोरङको पथरीशनिश्चरे नगरपालिकाका एक सामान्य व्यक्तिको नाममा पास गराएर ह त्या उन खोजेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवत्ता महेन्द्रकुमार श्रेष्ठले जनाए । जमिन मोरङ पथरीका ओमप्रकाश पौडेलको नाममा पास गरिदिन लागेको बुझिएको छ । साविकको कित्ता नम्बर ३० को जमिन ३ कित्तामा फोरिएको छ । अहिलेको कित्ता नम्बर ७४को जमिन पौडेलको नाममा देखिएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । पौडेललाई प्रहरीले मंसिर १६ गते नै पक्राउ गरिसकेको छ । २ कठ्ठा जमिन दिने सर्तमा पुरीले सरकारी जमिन पौडेलको नाममा पास गराउनेगरी काम अघि बढाएको अनुसन्धानबाट खुलेको छ । साविक दमक –१३मा रहेको सो जग्गामा बस्दै आएका सुकुमबासी ३९ सालमा आएको बाढीका कारण अन्यत्र सरेको अनुसन्धानबाट खुलेको एक प्रहरी अधिकृतले बताए ।

    [caption id="attachment_65215" align="alignnone" width="393"] नेकपा नेता गगन पुरी[/caption]

    जिल्ला अदालत झापाले सरकारी छाप र हस्ताक्षर कि र्ते गरेको आरोपमा पुरीलाई बिहीबार प क्रा उ पु र्जी जारी गरेको छ । अदालतले पक्राउ पुर्जी जारी गरे पनि यो समाचार तयार पारुनजेलसम्म पुरी पक्राउ परेका छैनन् । सरकारी जमिन व्यक्तिको नाममा लानका लागि पुरीले सरकारी छाप र हस्ताक्षर दुरुपयोग गरेको डीएसपी श्रेष्ठले जानकारी दिए । श्रेष्ठकाअनुसार उक्त जमिन व्यक्तिको नाममा पास गराउने कार्यमा मालपोत र नापीका कर्मचारी तथा सर्जमिन गर्ने व्यक्तिबारे पनि अनुसन्धान भइरहेको छ । प्रहरीले सो कार्यमा संलग्न रहेको आशंकामा दमक नापीका निलम्बित कर्मचारी विनोद मण्डललाई पक्राउ गरेर अ नु स न्धा न गरिरहेको छ । पुरीले उक्त सरकारी जमिन ०७१ सालदेखि व्यक्तिको नाममा पास गराउने प्रक्रिया सुरु गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उक्त जमिन महेन्द्र राजमार्गदेखि ४ सयदेखि ५ सय मिटर दक्षिण रहेको स्थानीयले बताएका छन् ।

    आरोपी पुरी स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकाको मेयर पदका उम्मेदवार समेत बनेका थिए । उनी पूर्व एकीकृत माओवादीका केन्द्रीय नेता हुन् । पुरी दमकदेखि पाँचथरसम्म जोड्ने रणनीतिक सडक दमक–रबि सडक निर्माण उपभोक्ता समितिका निर्वाचित अध्यक्ष समेत रहेका छन् । नेकपा प्रदेश–१का कमिटी सदस्यसमेत रहेका पुरी भने भारतस्थित सिक्कीममा रहेको भनिएको छ । यसैवीच आरोपी पुरीले सामाजिक सञ्जालमा आफू माथि लागेको आरोप नि राधार भएको भन्दै खण्डन गरेका छन् ।

    पुरीकी श्रीमती सिमा पुरीले शनिबार दमकमा पत्रकार सम्मेलन गरेर श्रीमान गगन पुरीका विषयमा फैलिएको हल्ला कपोकल्पित रहेको दावी गरेकी छन् । उनले आफ्ना श्रीमानको नाम जोडेर भएको हल्लामा कुनै सत्यता नरहेको दावी गरेकी हुन् । पुरी काम विशेषले नेपाल बाहिर रहेकाले केही दिनमै नेपाल आउने र यी सबै विवादको सामना गर्ने सिमाको भनाई छ । झापा प्रहरी भने पुरीको खोजी तीव्र पारेको बताउँछ । जग्गा हत्याउने विषयमा ठूलै सञ्जाल रहेकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यो समाचार आजको कारोबार देनिकमा मनिषा चम्लागाईँले लेखेकी छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…