•  

    काठमाडौं । छैटौँ पटक बोलोन डी’ओर अवार्ड जितेलगतै खेलेको खेलमा लियोनल मेसी ह्याट्रिक गर्न सफल भएका छन् । स्पेनिस लालिगा अन्तर्गत आइतबार बिहान रियल माल्लोर्काविरुद्ध भएको खेलमा मेसीले ह्याट्रिक गरेका हुन् । यस खेलमा बार्सिलोना ५–२ ले विजयी बन्यो ।

    बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा ७औं मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो । १७औं मिनेटमा मेसीले गोल गरी अग्रता दोब्बर बनाए । ३५औं मिनेटमा माल्लोर्काका अन्टे बुदिमिरले गोल गरी २–१ बनाए । ४१औं मिनेटमा मेसीले अर्का गोल गरी अग्रता पुन बढाए लगतै ४३औं मिनेटमा स्वारेजले गोल गर्दा बार्सिलोना पहिलो हाफमै ४–१ ले अघि बढ्यो ।

    दोस्रो हाफको ६४औं मिनेटमा अन्टे बुदिमिरले अर्को गोल गरी माल्लोर्कालाई खेलमा फर्काउने प्रयास गरे । मेसीले ८३औं मिनेटमा तेस्रो गोल गरी ह्याट्रिक पूरा गरे । यो उनको ला लिगाको ३५औं ह्याट्रिक हो।

    खेलअघि मेसीले क्याम्प नाउम छैटौं पटक पाएको बोलोन डी’ओर अवार्डको प्रदशैन गरेका थिए। गत सोमबार मात्रै मेसीले बोलोन डी’ओर अवार्ड पाएका थिए ।

    जितपछि बार्सिलोना १५ खेलबाट ३४ अंकसहित शीर्ष स्थानमा कायम छ । शनिबार रातिको खेलमा स्पानियोललाई २–० ले हराएको रियल मड्रिड समान खेलबाट समान ३४ अंक बनाई दोस्रो स्थानमा छ । बार्सिलोनाले रियललाई गोलअन्तरमा पछि पारेको हो। अन्नपूर्णबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…