उर्लाबारी । जातिय एकता र सद्भावलाई अझ प्रगाण बनाउने उदेश्यका साथ भोजपुर पौवादुङ्मा ५ पुख्यौली घरभइ हाल सुनसरी मोरङ र झापा बसोबास गर्दै आउनु भएको सानोदुङ्माली परिवारले बनभोजबाट खुशीयाली साटासाट गरेका छन् । उर्लाबारी—२ स्थित बेतनी सिमसारमा सानोदुङ्मालीहरुको बृहत उपस्थिती रहेको थियो ।
सो अबसरमा बिभिन्न खेलकुद प्रतियोगिताका साथ साथैं नाँचगानबाट रमाईलो गरिएको थियो । हण्डिफोर प्रतियोगितामा गायीका श्रेया राई बिजयी हुनुभयो ।
उहाँले नगद १५ सय रुपैंया पुरस्कार पाउनुभयो ।
सानोदुङ्माली किराँत राई सेवा समाजको सस्थापक अध्यक्ष श्री हङ्सराज ढिछान्छा राईको सभापतित्वमा भएको कार्यक्रम को सन्चालन सस्थाको सस्थापक सचिव नुतन राइले गर्नु भएको थियो ।
https://www.youtube.com/watch?v=aahltnR_ZVw
यस सस्थामा जम्मा शेयर सदस्य ६७ जना हुनुहुन्छ । बनभोज कार्यक्रमको विश्व अल्ट्रा धाबिका मिरा राई र गायिका श्रेया राई,चलचित्र पत्रकार संघ प्रदेश नम्बर १ का अध्यक्ष सन्तोष राई कलाकार बादल श्रेष्ठ लगायतको विशेष उपस्थिती रहेको थियो ।
https://www.youtube.com/watch?v=lysL0VFZ1IY