• सुनसरी (अस) । इटहरीमा केही दिनभित्रै रात्रिकालीन बजार सञ्चालनमा आउने भएको छ । इटहरी उपमहानगरपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरेअनुरूप बजार सञ्चालन गर्न लागेको हो । बजार सञ्चालनका लागि इटहरीको आइतवारेमा सोलारबत्ती र सीसीटीभी क्यामेरा जडानको काम सकिएको छ । त्यस्तै, सुरक्षाका लागि प्रहरी बिट राख्ने काम पनि सकिएको रात्रिकालीन बजार व्यवस्थापन समितिका संयोजक कृष्ण भट्टराईले जानकारी दिए । रातिसम्म बजार सञ्चालन गर्न व्यापारीहरूसँग छलफल शुरू गरिएको पनि भट्टराईले बताए ।

    ‘रात्रिकालीन बजार भएका ठाउँमा ८ ओटा सीसीटीभी क्यामेरा जडान भएको छ । पोलमा रंगरोगन सकेर २ ओटा वाइफाइ डिभाइस राखिएका छन्,’ भट्टराईले भने, ‘राति ११ बजेसम्म रात्रिकालीन बजार सञ्चालन गर्ने तयारी गरिएको छ ।’ इटहरी नगरसभाले रात्रिबजारका लागि ४० लाख रुपैयाँ छुट्याएको थियो । चालु आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने क्रममा उपप्रमुख लक्ष्मी गौतमले सुरक्षा निकायसँग आवश्यक समन्वय गरी बजेट विनियोजन गरेको घोषणा गरेकी थिइन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…