• काठमाडौं, २२ मंसिर । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको सभामुख बन्न विभिन्न दलहरुबीच नेताहरुको रस्साकस्सी सुरु भएको छ ।

    बलात्कार प्रयासको आरोपमा मुछिएका कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । गत असोज १४ गते नै महराले राजीनामा दिए पनि अहिलेसम्म नयाँ सभामुखका लागि प्रक्रिया सुरु भएको छैन् ।

    सभामुख नभएको लामो समय भएकाले पदपूर्ति छिट्टै गर्नुपर्ने भएकाले संसदको हिउँदे अधिवेशन छिट्टै डाक्न प्रतिपक्षी दलले दवाव दिइरहेको छ ।

    सामान्यतयाः हिउँदे अधिवेशन पुसमा हुने भए पनि मंसिरको पहिलो हप्तामै हिउँदे अधिवेशन बोलाउने भन्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र उपसभामुख शिवमाया तुम्बाहाम्फेबीच छलफल भएको थियो ।

    अर्ली अधिवेशन भनेर बोलाउने सम्बन्धमा पनि छलफल भएकामा अर्ली नभनी हिउँदे नै भनेर अगाडि बोलाउने सहमति भएको स्रोतहरु बताउँछन् ।

    स्रोतका अनुसार मंसिर भित्र गर्ने निर्वाचन गर्न संसदको हिउँदे अधिवेशन बोलाउने तयारी भइरहेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्र नयाँ सभामुखका लागि पूर्व एमाले कि पूर्व माओवादी भन्ने विषयले अलि बढी चर्चा पाएको छ ।

    तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच भागबण्डाको आधारमा माओवादी केन्द्रका तर्फबाट कृष्णबहादुर महरा सभामुख र एमालेका तर्फबाट शिवमाया तुम्बाहाम्फे उपसभामुख बनेका थिए ।

    अहिले आएर पूर्व एमालेका केही नेताहरु अब उपसभामुख स्वतः सभामुख हुने अड्डीमा छन् भने केही पूर्व एमालेहरु उपसभामुखलाई यथावत् राखेर अर्को सभामुख खोज्नुपर्नेमा छन् ।

    पूर्व माओवादी पक्ष भने आफूभित्रकै सभामुख हुनुपर्ने जोडमा छ । संविधानमा एउटै दलको सभामुख र उपसभामुख हुन नपाउने व्यवस्था छ । सभामुख र उपसभामुखको लिङ्ग पनि फरक हुनुपर्ने संबैधानिक व्यवस्था छ ।

    संवैधानिक व्यवस्थाअनुरुप नेकपाबाट एउटा मात्र पद आउने देखिन्छ । यसबाट प्रमुख प्रतिपक्षी दल काँग्रेसले पनि एक पद पाउन सक्छ । कांग्रेसले पनि दावी गरिरहेको छ । काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले खुलेआम नै एक पद काँंग्रेसले पाउनु पर्ने र नदिए आन्दोलन गर्ने बताएका छन् ।

    सत्तारुढ दल नेकपा भने कांग्रेसलाई छोडेर अर्को प्रतिपक्षी दल राजपालाई उपसभामुख दिएर आफुप्रति नरम बनाउने रणनीतिमा छ । सरकारमा समर्थन जुटाएर केपी शर्मा ओली नेतृत्वको सरकारले नयाँ रणनीति लिन सक्ने ढोका खुल्ला रहेको स्रोतहरु बताउँछन् ।

    काँग्रेसले यसअघि पनि एक पद आफूले पाउनु पर्ने भन्दै आवाज उठाएको थियो । सत्तारुढ र प्रतिपक्षीबीच सन्तुलन मिलाउन एक पद प्रतिपक्षीलाई छाड्ने चलन मात्र नभइ संवैधानिक व्यवस्था पनि छ ।

    यसपटक जसरी पनि एक पद दिनुपर्नेमा काँग्रेस अडिक देखिएको छ । जुन सत्तारुढ दलको कारण पूरा हुने सम्भावना कमै छ । तर उपभामुखमा काँग्रेसलाई दिने सम्भावना पनि बढेको छ ।

    केपी ओली यो विषयमा लचक हुँदै गएको समेत विभिन्न स्रोतहरु बताउँछन् । निरन्तर विपक्षीसंग दूरी बढाउन भन्दा सहकार्य गरेर जान सकिने पनि बाटो ओलीले राख्न सक्ने देखिएको छ ।

    चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमण पछि कांग्रेससँग नजिकिएको सम्वन्धलाई ओलीले कायम राख्न चाहन्छन् ।

    कानुनी प्रक्रिया पूरा गरेर उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन सकियो भने काँग्रेस, समाजवादी वा राजपालाई उपसभामुख पद छाड्न सकिनेतर्फ पनि चर्चा चलिरहेको छ ।

    सभामुखका लागि विभिन्न व्यक्तिहरुले प्रयास गरिरहेका छन् । उपसभामुख तुम्बाहाम्फेसहित पूर्व एमालेबाट सुवास नेम्वाङको पनि चर्चा छ । पूर्व सभामुख नेम्वाङको पालामा नयाँ संविधान आएको थियो ।

    नेम्वाङ भइसकेपछि अरु कुनै पनि नेताले सभामुखका लागि आँट गरेको देखिँदैन । सभामुख पहिले माओवादीले पाएकाले बढी दावी माओवादीतर्फ नै देखिएको छ ।

    पूर्वमाओवादीबाट प्रमुख सचेतक देवप्रसाद गुरुङ, पम्फा भुसाल, पूर्वसभामुख ओनसरी घर्ती र अग्नि सापकोटाको नाम चर्चामा छ । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…