• ट्रकले विद्यार्थीलाई किचेपछि तनावग्रस्त बनेको बाँकेको कोहलपुरमा प्रहरीले चलाएको गोली लागेर एक विद्यार्थी घाइते भएका छन् ।

    घाइते विद्यार्थीलाई काठमाडौं ल्याइएकाे छ । नेपाली सेनाकाे हेलिकाेप्टरबाट घाइतेलाई काठमाडाै‌ ल्याइएकाे हाे ।

    आइतबार बिहानै देखि जारी प्रदर्शनले उग्र रुप लिएपछि प्रहरी र प्रदर्शनकारी बीच झडप भएको थियाे । झडपमा दुई दर्जन बढी विद्यार्थी घाइते भएका छन् ।

    प्रहरी कार्यालय नै घेराउ गरेपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ ।

    प्रहरीका अनुसार, प्रदर्शनकारीको आक्रमणमा परी डीएसपी हेमराज थापा सहित नौ जना प्रहरी समेत घाइते भएका छन् ।

    कोहलपुर–१० स्थित त्रिभुवन माविका विद्यार्थी छात्रा प्रकृती चन्दलाई कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले किचेको थियो । ट्रकले किचेर घाइते भएकी चन्दकाे मृत्यु भएपछि प्रदर्शन शुरु भएकाे थियाे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…