काठमाडौं । अनेरास्ववियुका केन्द्रिय सचिव तथा युवा नेता ओसिम आलमले कोहलपुरमा आन्दोलनरत विद्यार्थीमाथि भएको प्रहरी हस्तक्षेप र आ क्रमण बि रुद्ध कडा चे,तावनी दिएका छन् । सामाजिक सन्जाल मार्फत आलमले प्रहरी हस्तक्षेप र आ,क्रमण क्रु,र र जंगली कार्य भएको बताए ।
उनले लेखेका छन्,‘कोहलपुर मा कलिला स्कुले विद्यार्थी हरुले न्याय माग गर्दै गर्दा बर्साएको ढुङ्गाको जवाफ इन्का उण्टर शैलीमा दिने नेपाल प्रहरीको क्रू र ,एवम जंगली कार्य नि न्दनिय छ । बादल कमरेड ??????’
उनले गृहमन्त्रीमाथि समेत प्रश्न उठाउँदै घटनाको बिरोध गरेका छन् । नेकपा मोरङ जिल्ला सदस्य तथा पुर्ब सघिय मामिला तथा सामान्य प्रसासन मन्त्री लालबाबु पण्डित का पुर्ब स्वकीय सचिव समेत रहेका आलम समसायिक बिषयमा खरो टिप्पणी दिने गर्नुहुन्छ ।
यसैविच , जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुर आसपासका क्षेत्रमा अर्काे आदेश जारी नभएसम्मका लागि कफ्र्यू आदेश जारी गरेको छ ।
बिहान कोहलपुरमा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई कोहलपुरबाट नेपालगञ्जका लागि छुटेको ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिएपछि विद्यार्थी र अभिभावक आक्रोशित भएका हुन् ।
प्रहरीले चलाएको रबरको गोली लागेर विद्यार्थी सुशिल थापा गम्भीर घाइते हुनुभएको छ । उहाँको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । विद्यार्थीहरुले कोहलपुर बजार बन्द गराउदै ईलाका प्रहरी कार्यालयमा धर्ना दिएका छन् । झड्पमा इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेम शाही सहित ९ जना प्रहरी र २५ जना प्रदर्शनकारी घाइते भएका छन् ।