सुरुङ्गा , मंसिर २२ गते ।
इजरायलमा रहेका नेपालीहरुको संस्था माउण्ट एभरेष्ट फुटबल क्लव इजरायलले झापा कनकाईस्थित विशेष शिक्षा बहिरा बिद्यार्थीहरुका लागि आज जाडोको कपडा शैक्षिक सामाग्री प्रदान गरेको छ ।
गत दिपावलीको अवशरमा इजरायलमा गरिएको साङ्गितीक कार्यक्रमबाट संकलित रकमबाट कनकाई मावि सुरुङ्गामा अध्यानरत् बहिरा ६० जना बिद्यार्थीलाई स्वीटर, टोपी , कलम र कापी प्रदान गरिएको हो ।
बिद्यार्थीहरुलाई युवा नेता गोपाल प्रसाई , कनकाई माविका प्रअ कर्णबहादुर डाँगी शिक्षक महासंघ कनकाईकी अध्यक्ष सारदा प्रसाई पाठक, बिद्यालयका सहायाक प्रअ हरिप्रसाद तिम्सिना युवा व्यावसायी केशव शिवाकोटी , बहार जान , विशेष स्रोत शिक्षक वेदप्रसाद खतिवडा, पत्रकार महासंघ झापाका सदस्य लीलाराज झापाली लगायातले सामाग्री बितरण गर्नुभएको हो ।
स्वीटर तथा शैक्षिक सामाग्री बितरणपछि बिद्यालयका प्रअ डाँगीले विदेशमा रहदा सबैभन्दा वढी याद आफ्नो स्वदेशकै आउने र वैदेशिक रोजगारीमा गएका युवाको सहयोगले गरिब असाहाय बिद्यार्थीले जाडोमा न्यानो कपडा पाएको बताउनुभयो । प्रमुख अतिति गोपाल प्रसाईले साङ्गितीक कार्यक्रमको माध्यमबाट मनोरंञ्जनमात्रै नभएर सामाजिक क्रियाकलाप समेत भएको भन्दै धन्यावाद प्रदान गर्नुभयो ।
इजारायमा रहनुभएका झापा सुरुङ्गाका गायक कुमार लिम्बु र मोरङ पथरीका प्रकाश पाहिम लिम्बुको नेतृत्वमा साङगितीक कार्यक्रमको आयोजना गरिएको थियो । साङगितिक कार्यक्रममा नेपालबाट चर्चित गायकहरु डम्बर नेपाली , ताराप्रकाश लिम्बु लगायातको सहभागिता रहेको थियो । साङगितीक कार्यक्रमबाट संकलित रकमले यसअघि मोरङ उर्लावारीको नमुना वाल गृहका ४६ जना बिद्यार्थीहरुलाई ज्याकेट प्रदान गरिएको थियो ।
फोटो ः कनकाई माविका बहिरा बिद्याथीलाई स्वीटर र शैक्षिक सामाग्री प्रदान गरिदै