• काठमाडौं । ओंठले व्यक्तिको सुन्दरता झल्काउँछ । कोमल ओंठले मानिसलाई सुन्दर देखाउछ । तर बढ्दै गएको चिसो र धुलोधुँवायुक्त वातावरणका कारण धेरै मानिसहरुमा ओंठ फूट्ने, सुख्खा हुने जस्ता समस्या देखिन्छ । तपाईको पनि यस्तै समस्या छ ? यदि त्यसो हो भने घरमै बसेर सो समस्या हल गर्नको लागि लोकपथले केहि टिप्स बटुलेको छ ।
    यसरी जोगानुस् जाडोमा ओंठलाई फुट्नबाट
    -हरेक साँझ सुत्नेबेलामा महलाई सफा कपासले ओठमा लगाएर सुत्ने ।
    -२४ घण्टासम्म रहने, पानीले घामले केहि नहुने भन्दै विज्ञापन गरिएका लिपिस्टीक जाडोमा कमै मात्रामा प्रयोग गर्ने ।
    – लिप बामको प्रयोग नियमित रूपमा गर्ने ।
    -हलुका रुपमा पेट्रोलियम जेली लगाएर मसाज गर्ने
    -तिलको तेललाई मनतातो बनाई बारम्बार लगाउनाले पनि फाइदा पुग्छ ।
    -ओंठ फूट्ने वा सुख्खा हुने समस्या कम गर्नलाई बाहिर हिँड्दा मास्क लगाउनु पर्छ।
    -कागतीको रसमा ग्लिसरिन मिसाएर ओठ मसाज गर्दा ओंठ फूट्दैन ।
    -पानी र फ्रुट जुस प्रशस्त मात्रामा सेवन गर्नुपर्छ ।
    -जिब्रोले ओठ छोईरहने तथा थुक लगाउने बानी छोड्नुपर्छ ।
    -धेरै तातो र धेरै पीरो खानेकुरा खानुहुदैन ।

    जनकारहरु भन्छन्, पेटमा धेरै जटिल समस्या भएकाहरुको जहिल्यै पनि ओंठमा समस्या देखिइरहन्छ । यदि बारम्बार ओ ओठमा घाउ आउने फूट्ने ईन्फेक्सन भयो भने पनि तपाईले चिकित्सकलाई देखाउनुपर्छ ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…