दीप खादी लिम्बू।
मंसिर-२३,क्वालालम्पुर।
किरात याक्थुङ चुम्लुङ मलेशिया द्वारा आयोजित चासोक तङनाम साझ-२०७६(न्वागी पुजा) भब्य रुपले गत आइतबार क्वालालम्पुरमा सम्पन्न भएको छ।साझ ८ बजे बाट औपचारिक रुपमा सुरुवात भएको समारोहको प्रमुख अथित्यता नेपाली राजदुतावास मलेशियाका उपनियोग प्रमुख मोतिराम श्रीसले गर्नु भएको हो। 
  
  
भने विशेष अथिती नेपाल आदिवासी जनजाति महासंघ मलेशियाका अध्यक्ष बिपिन राई रहनु भएको थियो।कार्यक्रममा मलेशिया स्थित गठित विभिन्न नेपाली समाजका अग्रज,बुद्धिजीवी,समाजसेवी,पत्रकार,ब्याबसायिहरुको बाक्लै उपस्थित रहेको थियो। 
  
  
  
  
  
करिब ४ घन्टा सम्म संचालित सो कार्यक्रममा चासोक तङनाम साझ लाई विशेषगरी भब्य बनाउन लिम्बू खानाका परिकारको स्वाद दिइएको थियो।र कार्यक्रममा सुभकामना आदानप्रदान गरेर मनाइएको हो।भने कार्यक्रमको पहिलो चरणको सन्चालन किरात याक्थुङ चुम्लुङ मलेशियाका महासचिव दीप खादीले गरेका थिए। 
  
  
  
  
  -चासोक तङनाम साझ सागितिक धमका
-चासोक तङनाम साझ सागितिक धमका
कार्यक्रमको दोस्रो चरणमा चासोक तङनाम साझ-२०७६ लाई लक्षित गरि भब्य सास्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो।उक्त सास्कृतिक कार्यक्रममा धमाका मच्चाउन नेपालका चर्चित कलाकारहरु गायिका रेश्मा पुन मगर,लिम्बू पालम गायिका गगा फियाक,अभिनेत्री/क्यारिकेचर बिपना बस्नेत र चलचित्र नायिका रीस्ता बस्नेतले प्रस्तुति दिएका थिए। 
समारोहमा उपस्थित दर्सक श्रोताहरु लाई नेपाली गित सङितले भरपुर मनोरञ्जन दिएका थिए।रेश्मा पुनमगरको हट क्लासिक प्रस्तुतिले उपस्थिति दर्शक सवैलाई नाच्न बाध्य बनाएको थियो।भने लिम्बू भाषा पालमका गायिका गङ्गा फियाकको मन्त्रमुग्द्ध स्वरको प्रस्तुतिले माहोलनै स्तब्ध र भाबुक बनाएको थियो।
लोकप्रिय दुई गायिकाहरु सङ्गै स्थानिय कलकारहरुको बेजोड प्रस्तुती रहेको उक्त साझ समारोहमा गायक अमीर लोप्चनको प्रस्तुतिले स्टेजनै तताएका थिए।साथै सबिना लोप्चन,सिन्धु थोकर,कोष बम्जन र सन्जना थिङ्गको नृत्य प्रस्तुतिले पनि दर्शकहरुको जोस जाघर लाई चुल्याउन सफल भए।कार्यक्रम चासोक तङनाम साझ-२०७६ सागीतिक कार्यक्रम लाई सुरु देखि अन्त्य सम्म कवि सीता सुब्बाले सन्चालन गरेको हो।
 
                                             
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        