दीप खादी लिम्बू।
क्वालालम्पुर,मंगसीर-२३
याक्थुङ फिल्म्स ब्यानर द्वारा निर्मित लिम्बू चलचित्र "के" प्रदेशी रेस्टुरेन्ट क्वालालम्पुरमा चलचित्र लेखक/निर्देशक सागर केरुङको उपस्थितिमा प्रदर्शन गरिएको छ।लिम्बू भाषिक चलचित्र लाई हेर्न मलेशियाका विभिन्न क्षेत्रमा कार्यरत नेपाली श्रमिक,बुद्धिजीवी,अग्रज,सन्चारकर्मी लगायत ब्याबसायिहरुको संतोषजनक उपस्थिति रहेको थियो।
चलचित्र "के" ले विशेषगरी लिम्बू समुदायको सास्कृतिक मौलिक बाजाको महत्व र सामाजिक अस्थित्व लाई प्रतिबिम्बित गरेको छ।नेपालका आदिवासी जनजाती समुदायहरुको प्रत्यक्ष घट्ना लाई समाबेश गरेर निर्माण भएको सो चलचित्रमा उत्पीडित जाती समुदाय र राज्य समयन्त्र बिचको सामाजिक,सास्कृतिक र मौलिक बहसको विषय लाई उठान गरेको छ।
याक्थुङ फिल्म्स द्वारा निर्मित चलचित्र "के"नेपाली आदिवासी जनजाति चलचित्र महोत्सव २०७६ को उत्कृष्ट अवार्ड प्राप्त गरिसकेको छ।यसैगरी जोमोगाङ फिल्म अवार्ड-२०१९ थाइल्यान्डको उत्कृष्ट-५ भित्र नोमिनेट र एफ.एल.एफ अवार्ड-२०२० को उत्कृष्ट-४ को नोमिनेसनमा पर्न सफल भएको छ।
नेपालका आदिवासी जनजातीहरु प्रती नेपाल सरकारले गरिरहेको ब्याबहार र असन्तुष्टिको मुद्धा लाई कथाको रुपमा प्रस्तुत गरिएको चलचित्र "के" समय सान्दर्भिक र वास्तविक घट्नामा अधारित रहेको दर्शक श्रोताहरुको भनाई रहेको थियो।
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        