• काठमाडौं, मङसिर २३ गते । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपाल र भारतबीच अहिले अहिले देखिएको सीमा विवाद छलफलबाट समाधान निकाल्न सकिने बताउनुभएको छ ।

    राजदूतको जिम्मेवारीबाट अवकाश लिने क्रममा रहनु भएका राजदूत पुरीले गोरखापत्र र दि राइजिङ नेपाललाई दिनुभएको एक विशेष अन्र्तवार्तामा सो कुरा बताउनुभएको हो ।
    नक्सा विवादका विषयमा उहाँले भन्नुभयो– त्यो नक्सा भारत भित्रका राज्यहरूको सीमामा भएका परिवर्तनसँग सम्बन्धित थियो । नेपाल लगायत अन्य कुनै देशको बाहिरी सिमानसँग सम्बन्धित थिएन । जुन सीमाना विगतका नक्साहरूमा थियो त्यही नै नयाँ नक्सामा पनि थियो ।

    समाधानका उपाय बारे उहाँको भनाइ थियो–हाम्रो युगौंदेखि रहँदै आएका १८ सय किलोमिटर लामो खुला सीमाना छ । त्यसैले त्यहाँ कुनै पनि मुद्दा हुन सक्छ यदि कुनै मुद्दाहरू छन् भने त्यसमा हामीले छलफल गर्नु पर्ने हुन्छ । हामीहरू छलफल पनि गरिरहेका छौ ।
    उहाँले सीमा जस्तो विषयमा निकै महत्वपूर्ण विषय भएको र यस्तो कुरामा थोरै सावधान हुनु पर्ने भन्दै यस्तो विषयमा कसैलाई पनि अबसर दिनु नहुने बताउनुभयो ।

    नेपालका वर्तमान अबस्थाबारे उहाँले भन्नुभयो, नेपालले धेरै राम्रा कामहरू गरेको छ र विश्वले त्यसलाई अनुभुत गरिरहेको छ । नेपालको अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा उक्लने तयारी ठीक ढङगले अगाडि बढाएको छ ।
    उहाँले थप भन्नुभयो– कसैले पनि यसरी आफूलाई माथि उक्लन चहाँदैन किन भने यसबाट नेपाल माथि हुँदा केही सकारात्मक विभेदका फाइदाहरू गुम्न सक्छन् । नेपालले केही लाभ लिन सक्थ्यो तर अर्कातर्फ नेपालका उच्च गौरबका साथ अघि बढ्न सक्छ ।
    साथै राजदूत पुरीले नेपालले सन् २०३० वा सो भन्दा अगाडि नै मध्यम स्तरको आय भएको मुलुकमा पुग्न नभारतीय अर्थतन्त्रसँगको अन्तक्रिया (इन्टर्याक्सन) लाई बृद्धि गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

     

    उहाँले केपी शर्मा ओलीले सन् २०१८मा भारतको भ्रमण गर्दा तीनवटा ड्रिम प्रोजेक्टबारे बताउनु भएको र त्यसमा कृषि, जलपरिवहन र रेल सेवा रहेको उल्लेख गर्दै आफूले पनि भारतको उत्तराखण्डस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयबाट पीएचडी गरेको नताले उहाँको सो विचारबाट निकै खुशी भएको बताउनुभयो ।
    उहाँले भारतको इन्ल्याण्ड वाटर वे (जलमार्ग) सँग नेपालको जलमार्गलाई जोड्ने चाहान व्यक्त गर्नुभएको स्मरण गर्दै दुई वर्ष भित्रमा नै नेपाल भारतको राष्ट्रिय जलमार्गसँग जोडिएको र निकट भविष्यमा नै ती जलमार्गहरूबाट समान ओसारपसार हुने बताउनुभयो ।
    उहाँले अगाडि भन्नुभया, हामीले भारतमा गंगा नदिलाई मुख्य जलमार्गका रुपमा विकास गरीरहेका छौं जसले नेपाललाई भारतको कोलकाटाबाट न्यूनतम् लागतमा नेपालका नजिकको नाकासम्म सामान ल्याउन सहयोग पुग्ने छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…