•  

    काठमाडौँ, मङ्सिर २३ गते । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले उपनिर्वाचनमा देखिएको परिणामबाट पार्टी बलियो भयो भन्न सकिने अवस्था नरहेको भन्दै निर्वाचनमा विभिन्न समूहको सहयोग रहेको चर्चा गर्नुभयो ।

    नेपाली काँग्रेसले सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको छ भन्दै उहाँले पार्टीले सरकारसँग सहमतिबाटै अगाडि बढ्न चाहेकोमा जोड दिनुभयो । महामन्त्री कोइरालाले द्वन्द्वबाट कसैलाई पनि फाइदा नहुने भएकाले नै नेपाली काँग्रेसले सहमतिको बाटो पहिल्याएको बताउँदै संविधान र सङ्घीयताको रक्षा गर्न सबै दल एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले आफू धर्म निरपेक्ष तथा सापेक्षभन्दा पनि धर्म स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा अडिग रहेको प्रस्ट पार्दै सरकारले दुई तिहाइ बहुमतको जस्तो कार्य गर्न नसकेको टिप्पणी गर्नुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…