• काठमाडौं । दी भ्वाईस नेपालका उत्कृष्ट प्रतिस्पर्धी सनिश श्रेष्ठको आमा बुवाले सनिशलाई मत दिनुहुने सबैमा धन्यावाद प्रकट गर्नुभएको छ ।
    सबैको साथ सहयोगले सनिस यो स्थान सम्म आईपुगेको बताउदैं आमा जमुना र बुवा श्रेष्ठले सनिशले संगीतमै केहि गरेर अघि बढ्ने बाटो खुल्ला भएको बताउनुभयो । ‘सनिस भोटिङमा जे भएपनि बाहिरी यात्रा अझ स्ट्रोङ भएर आउने छ, आमा जमुना श्रेष्ठले भन्नुभयो,‘ यहाँहरुको सहयोग हाम्रो छोरा सनिशको सांगीतिक यात्रा अझ उचाईमा र्पुयाउने सिँढी हो । यो अमूल्य सहयोगका लागि विशेष आभारसहित धन्यवाद ।
    सनिस प्रतिको माया र भोटको सम्मान स्वरुप सनिशलाई सांगीतिक साधनामा निरन्तर लाग्न प्रेरित गर्ने प्रतिवद्धता उहाँहरुले प्रतिबद्धता गर्नुभएको छ ।

    https://www.youtube.com/watch?v=CFFyRlv4LyU

    सामाजिक सन्जालमा उहाँहरुले राख्नुभएको कुरा जस्ताको तस्तै

    स्वदेश तथा विदेशमा रहनुहुने नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरू समपूर्णमा न्यानो अभिवादन
    हाम्रा छोरा सनिश श्रेष्ठ (टीम राजु लामा दी भ्वाईस अफ नेपाल सिजन २ को उत्कृष्ट चरण सम्म पुर्याउन हजुरहरुको माया सद्भाव र सहयोग अपरिहार्य भएको थियो । यहाँहरूको सम्पूर्ण सहयोगबाट मात्रै यो सम्भव भएको हो । यहाँहरुको सहयोग हाम्रो छोरा सनिशको सांगीतिक यात्रा अझ उचाईमा र्पुयाउने सिँढी हो । यो अमूल्य सहयोगका लागि विशेष आभारसहित धन्यवाद ।


    सनिशको लक्ष्य नै सांगीतिक क्षेत्रमा पूर्ण रुपमा लाग्ने हो । त्यसैले सनिशको आत्मविश्वास अझ बढाउन यहाँहरुको सहयोग अपरिहार्य बन्ने छ । साथै यहाँहरुको सम्मान स्वरुप सांगीतिक साधनामा निरन्तर लाग्न प्रेरित गर्ने प्रतिवद्धता पनि व्यक्त गर्दछौं ।





     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…