•  

    लेटाङ(मोरङ),मङ्सिर २४ गते । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं. १ मा ६ दर्जन बढी सडक स्तरोन्नतिका क्रममा रहेको बताउनु भएको छ ।
    सोमबार मोरङको लेटाङ–९ जाँतेमा पथरी–जाँते–ज्यामिरे सडकको शिलान्यास गर्दै उहााले यस्तो बताउनु भएको हो । प्रदेश नं. १ मा हाल दैनिक जसो सडक शिलान्यास भइरहेको र अबको डेढ वर्षपछि ति सबै सडक उद्घाटन हुने उहाँको भनाई थियो । सडक सञ्जालले गाउँ गाउँलाई जोडेपछि सरकारले सोचेकबो समृद्धिको अनुभुति हुने बताउँदै उहाँले भन्नुभयो–देश समृद्धि र विकासको बाटोमा अघि बढिसकेको छ । अबको साझा राष्ट्रिय सङ्कल्प भनेको ुङ्घीय लोकतानित्रक बयवस्थालाई संस्थागत गर्दै जानु हो ।


    उहाँले तीनै तहका सरकारले जनईच्छा बमोजिम काम गरिरहेको बताउँदै उहाँले सडक शिलान्यास, भाषण र नाराबाट मात्र राष्ट्रिय सङ्कल्प पुरानहुँने उल्लेख गर्नुभयो । मुख्यमन्त्री राईको भनाई थियो – शिलान्यास भएको सडक गुणस्तरीय,तोकिएको मापदण्ड अनुसार समयमा नै निर्माण गर्न सकियो भने मात्र सरकारले सोचे अनुसारको सुखी नेपाली समृद्ध नेपालको नारा पुरा हुनसक्छ ।गुणस्तरीय शिक्षा,स्वास्थ्य, खानेपानी, विद्युतीकरण र सडक सञ्जाल सबैको पहुँचमा पुर्याउँन प्रदेश सरकार योजनावद्ध ढङ्गबाट अघि बढेको मुख्यमन्त्री राईको भनाई थियो ।
    उहाँले सडक मापदण्ड अनुसार निर्माण हुने नहुने विषयमा खवरदारी गर्न स्थानीय उपभोक्तासाग आग्रह गर्दै भन्नुभयो – सरकारी निकायका अनुगमन कर्ता कहिले काँही मात्र आउँछन् । यही हुने उपभोक्ताले आफू हिड्ने सडकको आफै अनुगमन गर्नुहोस र सडक गुणस्तरीय बनाउन सहयोग गर्नुहोस ।’

    प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटबाट निर्माण हुने सडक शिलान्यास कार्यक्रममा प्रदेश सभा सांसद कुलप्रसाद साम्वा, पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राई, लेटाङ नगरपालिकाकी उप प्रमुख कृष्णकुमारी निरौला, भौतिक पूर्वाधार मन्त्रालयका सिनियर डिभिजन इन्जिनीयर सुशील श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।
    पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको पथरीबाट जाँते हुँदै ज्यामिरे जोड्ने सडक १९ दशमलव ६ किलोमिटर लामो छ । गत असोज १२ गते श्रेष्ठ कन्ट्रक्सन प्रालिले निर्माणको जिम्मा पाएको यो सडक २०७८ सालको असोज मसान्त सम्ममा प्रदेस सरकारलाई बुझाउने सम्झौता भएको छ । कुल ५४ करोड ४८ लाख ४५ हजार १२५ रुपियाँ ९६ पैसाको लागतमा निर्माण हुने सडकको निर्माण पुसको पहिलो साताबाट सुरु हुनेछ । कालोपत्रे सडक ७ मिटर चौडाई र ५० एमएमको हुनेछ ।
    यसैबीच मुख्यमन्त्री राईले सोमबार नै जाँते खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निर्माण गरेको खानेपानी ट्याङ्कीको उद्घाटन गर्नुभएको छ ।
    समितिका अध्यक्ष डिल्लीबहादुर कामीको सभापतित्वमा भएको कार्यक्रममा मुख्यमन्त्री प्रदेश सभा सदस्य सांसद उपेन्द्रप्रसाद घिमिरे लगायतले बोल्नु भएको थियो । हरि प्रसाद कोईरालाले यो समाचार आजको गोरखापत्रमा लेख्नुभएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…