मलेसियाबाट ठुलो सङ्ख्यामा कामदारहरूको माग भइआएको समाचार हामीले अगिल्लो हप्ता प्रकाशित गरेका थियौँ। मलेसियाको नेपाली राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिको आधारमा तयार पारिएको उक्त समाचारमा त्यहाँको नेपाली राजदूतावासले ३१ हजार माग पत्रहरू प्रमाणित गरेको बताएको थियो। तपाईँलाई यो खबर कस्तो लाग्यो भनेर सोधिएको प्रश्नमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दिएको प्रतिक्रियालाई भाषा सम्पादन गरेर प्रस्तुत गरेका छौँ।
भानु घिमिरे भन्छन् “आउन त आयो राम्रै हो। तर मलेसिया मा नेपाली सुरक्षित नै छैन न्। र फेरि काम उस्तै तलब पनि उस्तै फेरि यता म्यानपावरले लिने पनि उस्तै। बरु कम्ती नै होस् गल्फ नै ठिक छ।”
Suresh Rai भन्छन् “यो देशमा राम्रो व्यवस्था छैन। लगानीमा म्यानपावरले मनपरी लिइरहेको छ। मलेसियामा छुट्टिको व्यवस्था पनि हुँदैन। २ सालमा आफ्नो लगानी मात्रै तिर्न सकिन्छ। फेरि के गर्ने ? बिचार पुर्याऊ साथीहरू।”
Luck Rgr भन्छन् “सरकार ले प्रमाणित त गर्यो। तर सरकार त्यहाँ बस्ने सम्पूर्ण नेपाली हरुको सुरक्षा को पनि जिम्मा पनि लिनु पर्यो। ताकी कसैको टाउको नफुटोस् कोही नेपाली पनि यहाँ नलुटिउन्।”
Gyan Gurung भन्छन् “मलेसियामा नेपाली कामदार दिनै जसो मृत्यु भएको भाकै छ। नेपालीको लागि मलेसिया उचित गन्तव्य छैन भन्ने कुरामा नेपाल सरकार र मलेसिया स्थिति नेपाली राजदूतावासको ध्यान जाओस् नेपाली लाई बेचेर नेपाली लाई नै ठगने काम बन्द गरौँ।”
Arjun Oli भन्छन् “नेपालबाट मलेसिया आउँदा दस हजारमा रूँपैयामा पठाउँछ भने आउँदा हुन्छ। बुझेर मात्र आउनु होला। M .R मा नआउनु होला।”
Madhvendra Kumar Sahani भन्छन् “मलेसियालाई नेपाली कामदार दिनुहुँदैन।”
Indra DC भन्छन् “हामीलाई त ४ महिना भइसक्दा पनि पासपोर्ट दिएको छैन। त्यसको फोटोकपी पनि दिँदैन। फोन गर्दा पनि फोन उठाउँदैन।”
स्रोत: शुभयात्राले फेसबुकमा राखेको मागपत्रबारेको समाचार
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        