• काठमाडौं- काठमाडौं महानगरपालिकाभित्र अब भिक्षा माग्न नपाइने भएको छ। महानगरपालिकाले मंगलबार सूचना जारी गर्दै शुक्रबारपछि सडकमा कोहि मागिरहेको भेटिए कारबाही गर्ने जनाएकाे छ।

    सार्वजनिक स्थलहरुमा बेसहारा, अविभावकविहिन, सहयोगापेक्षी र सडक आश्रितहरुलाई महानगरपालिकाले आफै अविभावकत्व लिने भएको छ।

    महानगरपालिकाले मंसिर २९ गते २५ औं महानगर दिवसका अविभावकत्व ग्रहण गर्ने कार्यक्रमको औपचारिक शुरुवात गर्ने जनाएको छ।

    ad
    बाध्यताले सार्वजनिक स्थलमा जीवन निर्वाह गर्नुपर्ने परिस्थितिको अन्त्य गरिने अपेक्षा महानगरले राखेको सूचनामा उल्लेख छ। पेशेवर रुपमा भिक्षा माग्नु र माग्न लगाउनु मुलुकी अपराध संहिताविपरित हो।

    यस्तो गरेको भेटिए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना गरिने मुलुकी अपराध संहिताको दफा १३६ मा उल्लेख छ। सरकारले ‘भोकै कोही पर्दैनन्, भोकले कोही मर्दैनन्’ भन्ने नाराका साथ सडक मानवमुक्त समाजको निर्माण गर्ने लक्ष्य लिएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…