• काठमाडौं : मंसिर १५ गतेदेखि सुरु भएको साग खेलकुदको समापन कार्यक्रम आज मंगलबार बेलुकी ५ बजे सुरु हुनेछ । समापन समारोह भव्य बनाउनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज दशरथ रंगशालामा हुन पुरुष फुटबलको फाइनल खेल तथा समापन समारोह हेर्न जाने दर्शकलाई रंगशालाको मूल गेट प्रयोग नगर्न अनुरोध गरेको छ ।

    ट्राफिक व्यवस्थापन र भीड नियन्त्रण गर्न कठिन हुने भएका कारण मूल गेटबाट प्रवेश गर्न रोक लगाइएको महाशाखाले जनाएको छ । टिकट काटेका सम्पूर्ण दर्शहरुलाई नेपाल आर्मी अफिसर्स क्लबको मूलगेटबाट प्रवेश गर्ने व्यवस्था गरिएको महाशाखाका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भीमप्रसाद ढकालले बताए ।

    साथै, खेल हेर्न आउने दर्शकहरुको सवारसाधनको पार्किङस्थल टुँडिखेल तोकिएकाले सोही ठाउँमा पार्किङ गर्न महाशाखाले अनुरोध गरेको छ । टिकट लिनेहरुले पनि खेल सुरु हुनुभन्दा आधा घण्टा अगाडि नै रंगाशालामा प्रवेश गरिसकेको हुनुपर्नेछ ।

    ५ खेलमा प्रतिष्पर्धा हुँदै

    अन्तिम दिन आज ५ खेलमा प्रतिष्पर्धा हुँदैछ । फुटबल, बक्सिङ, बास्केटबल, स्क्वास र जुडोका खेलहरु हुनेछन् । पुरुष फुटबलको स्वर्णपदकका लागि नेपाल र भुटानबीच प्रतिष्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ । आजै बक्सिङमा ८ स्वर्ण पदकको छिनोफानो हुनेछ । खेल दिउँसो १ बजेदेखि सातदोबाटोमा सुरु हुनेछ । बास्केटबलको महिला तथा पुरुषतर्फका फाइनल खेल आज दिउँसो त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुनेछन् ।

    पुरुष बास्केटबलमा भारत र श्रीलंका तथा महिलातर्फ नेपाल र भारतबीच प्रतिष्पर्धा हुनेछ । जुडोमा आज एक स्वर्ण पदकका लागि खेल हुनेछ । दुई स्वर्ण पदकको छिनोफानो हुने स्क्वास टिम प्रतिस्पर्धामा महिला र पुरुषको फाइनल खेल हुँदैछन् । दुवै टिम प्रतिस्पर्धामा भारत र पाकिस्तान भिड्नेछन् ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…