उर्लाबारी । मोरङको उर्लाबारी ९ आम्बारीमा चासोक तङ्नामको अवसर पारेर मंसिर २६ गतेबाट ३ दिवसिय भेट्रान फुटवल प्रतियोगिता हुने भएको छ । सहिद प्रेम बहादुर पोमो तथा स्वर्गीय भागीरथा पोमो स्मृति फाउण्डेसनद्धारा उहाँहरुकै स्मृति फुटवल प्रतियोगिता गरिन लागेको हो । खेलमा बिर्तामोड, धरमपुर, दमक र राजघाट भेट्रान सहभागी हुनेछन् । फाईनल खेल २८ गते हुनेछ । खेलको बिजेताले नगद प्रमाणपत्र प्राप्त गर्ने संस्थाका संयोजक विश्वास पोमोले जानकारी दिनुभयो । खेल सन्चालन गर्नका लागि मानबहादुर थापाको अध्यक्षमा खेलकुद समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा आईतहाङ तुम्बाहाम्फे,सचिवमा दीपक पोमु र कोषाध्यक्षमा कैलाश थापा मगर रहनुभएको छ ।