• सौराह । सुन फल्ने भूमि छोडेर पैसा कमाउने मोह बोकेर विदेशीएका रत्ननगर नगरपालिका सौराहका शिवप्रसाद भुषाल भविष्यमा सफल व्यवसाय भइन्छ होला भन्ने सोचेका पनि थिएनन् ।
    १ वर्ष ५ महिना दुवहीको तातो घाममा पसिना बगाएका शिवका लागि विदेशी भूमि जस्तो सोचेका थिए । तर, त्यो मरुभूमि उनले सोच भन्दा विपरीत भइदियो । उनलाई किन किन त्यस ठाउमा मनै अडिएन र नेपाल फक्रिए । नेपाल त आए तर, के गर्ने के नगर्ने भन्ने कुनै हेक्का भएन ।
    अन्नत उनले होटल व्यवसाय गर्ने अठोट गरे । १२ वर्ष अघि होटल व्यवसायमा लागेका भुषाल अहिले पर्यटकीय नगरी सौराहको सफल व्यवसायका रुपमा आफुलाई उभ्याएका छन् ।
    मानिसलाई समयले साथ दियो र आफुलाई सहि समयमा सहि काममा लगाउन सकियो भने परिवर्तन गर्न सकिने रहेछ भन्ने गतिलो उदाहरण बनेका छन् भुषाल ।
    एक वर्ष अघिसम्म भाडामा होटल सञ्चालन गर्दै आएका भुषाल अहिले आफ्नै लगानीमा गैरीबारी रिसोर्ट सञ्चालन गर्न थालेका छन् । उनी भन्छन्–‘विदेशमै रहेको भए आज यो अवस्था हुने थिएन होला । आफ्नै देशमा केही गर्छु भनेर आए अनि होटल व्यवसाय सुरु गरे । आज जे छ त्यसमा खुसी छु ।’
    उनी हरेक समय आफ्नो व्यवसायलाई कसरी राम्रो बनाउने भन्ने धाउन्नमा हुन्छन् । ७ जना युवाहरुलाई रोजगार समेत दिएका भुषालले सञ्चालन गरेका गैरीवारी रिसोर्ट शान्त वातावारणमा रहेको र हरेक सुविधाले पूर्ण भएकाले पनि पछिल्लो समय उनको रिसोर्टमा आउने पर्यटकको आर्कषण बढ्दो छ ।
    पर्यटनको क्षेत्रमा रहेर होटल व्यवसाय गर्दै आएका भुषाल सफल पथपर्दशक, ट्रेकिङ गाइड समेत हुन् । विभिन्न सामाजिक क्षेत्रमा समेत क्रियाशिल भुषाल बाघ संरक्षण उपसमितिको सचिव पदमा रहेर काम गरिरहेका छन् ।
    यसो त भुषाल जेसीज अभियानमा पनि उत्तिकै सफल युवा हुन् । २०१३ मा सौराह जेसीजको सदस्यता ग्रहण गरेका भुषालले ६ वर्षको अन्तरमा सोही शाखाको नेतृत्व गरे । हाल उनी सौराह जेसीजको अध्यक्ष पदमा रहेर काम गरिरहेका छन् । भुषाल नेपाल जेसीजका लागि सफल ट्रेनर समेत हुन् । २०१७ जेसीआई एकाडेमी, सोही वर्ष एम टट गरेका भुषाल २०१८ मा नालन्दाबाट सफल ट्रेनरका रुपमा आफुलाई सटिफाइट गराए । अहिले उनी विभिन्न क्षेत्रमा पुगेर तालिमका माध्यमबाट युवाहरुको नेतृत्व र व्यक्त्वि विकासमा लागि परेका छन् । सायद उनी विदेशमा भएका भए पैसा कमाउथे होला तर, अहिले उनले नेपालमै नाम र दाम दुवै कमाएका छन् ।

    यसो त उनै भुषालको नेतृत्वमा सौराह जेसीजले यस वर्ष रत्ननगरमा हुने ४६ औँ राष्ट्रिय महाधिवेशनमा हेल्प डेक्स राखेर महाधिवेशनमा आउने जेसीजकर्मीहरुका लागि होटलको व्यवस्थापन गर्ने तयारी गरेका छन् । महाधवेशनमा आवासरहित रजिष्ट्रेशन गर्ने मानिसहरुका लागि सहज रुपमा होटल व्यवस्थापनको भूमिकामा रहनेछन् उनी । भुषालले महाधिवेशनमा सहभागि हुँदा कुनै असहज भएमा सम्पर्कमा रहन आग्रह समेत गर्नु भयो ।
    जेसीज अभियानमा आफुले सिकेको सिपलाई आउँदा पिडीका युवाहरुलाई पनि सक्षम बनाउँदै अघि बढ्ने लक्ष्यका साथ नेपाल जेसीजको २०२० का लागि राष्ट्रिय उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएका छन् । चितवनकै रत्ननगरमा हुने महाधिवेशनमा उनी उम्मेदवार भएर आउनेछन् ।
    सरल स्वभाव, स्पष्ट बक्ता र सामाजिक क्षेत्रमा क्रियाशिल भुषालले महाधिवेशनमा सहभागि हुन आउने सम्पूर्ण जेसीज मनहरुलाई स्वागत गर्न आतुर रहेको बताउनु भयो । साथै उपाध्यक्षमा उम्मेदवारी दिएका भुषालले २०२० मा काम गर्ने अवसरमा पाएमा आफुले जानेका हरेक जेसीज सीपलाई आफ्नो कार्यकालमा काम गर्ने बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…