•  

    उदयपुर / मङ्सिर २४
    " एक सिपाही एक फलफूल विरुवाको अभियान " को  नारा लिएर अगि बढेको नेपाली सेनाले मंगलबार उदयपुर जिल्ला स्थित बेलका नगरपालिका वडा नम्बर ८ सोमबारेमा बेलका नगरपालिकासङ्गको सहकार्यमा १ हजार एभोकाडो तथा सिन्कौलीको बिरुवा रोपेका छन् ।
    "हरियो वन नेपाल धन " भन्ने नेपालिहरुको मुल नारालाई आत्मसात गर्दै १ नम्बर प्रदेशमा १ लाख बिरुवा वृक्षारोपण गर्ने पुर्बी पृतनापति इटहरीका उपरथी अनन्त कार्कीले बताएका छन् । कार्यक्रममा बिशिस्ट अतिथि समेत रहेका कार्किले नेपाली सेनाले नेपाल र नेपालीको समृद्धिको लागि सधै काम गर्ने बताए ।
    बृहत् फलफूल बृक्षारोपण कार्यक्रमको प्रमुख अतिथि रहेका पुर्ब रक्षा सचीव देबेन्द्र सिटौलाले नेपालिहरुले सिरानी मुनि सुन राखेर नुन खोजिरहेका छौ "। "सिटौलाले भने नेपाली सेनाले राष्ट्रिय तथा अन्तरास्ट्रिय क्षेत्रमा सधै देशको नाम उच्च राखेको छ । सेनाले थालेको बृक्षारोपण अभियान देशको लागि एउटा महत्त्वपूर्ण कदम रहेको भन्दै उच्च प्रसंशा गरेका छ्न ।
    कार्यक्रमको सभाध्यक्षता गरेका बेलका नगरका मेयर दुर्गाकुमार थापाले बेलका आफ्नो नगरलाइ हरित नगरी बनाउन लागि परेको बताएका छन् । मेयर थापाले आफ्नो नगरले बृक्षारोपणलाइ अभियानकै रुपमा अगाडि बढाएको र आगामी पाँच बर्षमा देशकै ठूलो हरित नगरी बन्ने बताए ।
    उक्त वृक्षारोपण कार्यक्रममा पुर्ब रक्षा सचीव देबेन्द्र सिटौला ,उपरथी अनन्त कार्कीका साथै नगरका नेकपा अध्यक्ष मनोज तामाङ ,नेकपा जिल्ला सदस्य रमण भट्टराई ,नगर सल्लाहकार नारद निरौला तथा अन्य बिशिस्ट ब्यक्तिहरु अतिथि रहेका थिए ।
    उक्त वृक्षारोपण कार्यक्रम बेलका नगरपालिकासङ्गको सहकार्यमा नेपाली सेना पुर्वि पृतना इटहरीले संचालन गरेको हो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…