• मंसिर २५, काठमाडौँ । प्रहरीमा चल्ने खेती पनि कस्ता हुन थाले भने, एउटापछि अर्को गर्दै ‘आईजीपी हट्दैछन्’ भनेर हल्ला गराउने । यसका लागि हेडक्वाटरभित्रैबाट ठूल्ठूला अफिसर सक्रिय भएको भनी आईजीपी सर्वेन्द्र खनालले केही दिनअघि पिसीसी बैठकमै भने – को–को लाग्या छन्, सबै थाहा छ ।’

    ष्अिबभअलष्अ दभतधभभल मभकअचष्उतष्यल
    बजारमा अब प्रहरीबारे आउने लागेको नयाँ फन्डा हो, ‘गुण्डा नाइके कुमार श्रेष्ठ ९घैँटे० दोहोरो भिडन्तमा मारिएको नभएर प्रहरीको बल प्रयोगबा मारिएको भनी राष्ट्रिय मानवअधिकार आयोगको ठहर ।’ घैँटे मारिनुअघि मारिएका अर्का गुन्डा नाइके दिनेश अधिकारी चरी बारेको कुरालाई ओझेमा पार्दै घैँटे प्रकरण उछाल्ने तयारी हुनुका पछाडिको कारण हो, आइजीपीविरुद्ध शक्तिकेन्द्रमा प्रभाव पार्नु । स्मरणीय छ, घैँटे मारिँदा अहिलेका आइजी अपराध महाशाखाका प्रमुख थिए ।

    यसअघि सर्लाहीमा मारिएका विप्लव नेतृत्वको नेकपा नेता कुमार पौडेलको मुठभेडमा नभइ प्रहरीको बल प्रयोगबाट मृत्यु भएको ठहरसहित मानवअवधिकार आयोगको रिपोर्ट अनुसार आइजीपी हट्ने हल्ला चल्यो । तर उनी हटेनन् । अख्तियारमा खरिद प्रकरणको उजुरी पर्यो, आइजीपी अब हट्छन् भन्ने हल्ला आयो ।

    सामान्यता मानवअधिकार आयोगले कुनै संवेदशनशील विषयको अध्ययन गरेपछि त्यस्तो प्रतिवेदन राज्यका निश्चित निकायका पनि प्रमुख व्यक्तिलाई मात्र दिइन्छ, सार्वजनिक गरिदैन । तर, कुमार पौडेल घटनाको छानविन प्रतिवेदन हतार हतारमा बाहिर ल्याइँदा न त्यो प्रतिवेदन कार्यान्वयन हुनसक्यो न त्यो प्रतिवेदन हतारमा ल्याइनुको अर्को मक्सद नै पूरा भयो । यो समाचार जनआस्था साप्ताहिकले छापेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…